logo
२०८१ बैशाख २२ शनिवार



प्लाष्टिकको डोरीको लोभले गुम्यो दुबै हात

समाज |


प्लाष्टिकको डोरीको लोभले गुम्यो दुबै हात
 हात गुमेपछि कलबहादुर र उहाँकी पत्नी सम्झना ।



शिवकुमार काशी -
हेटौँडा, भदौ १० गते । सामान्य सामानको लोभ गर्दा मकवानपुरको विकट गाउँका चेपाङ युवाले सदाका लागि दुबै हात गुमाएका छन् ।

कैलाश गाउँपालिका वडा नं ७ डोकोटारका ३५ वर्षीय युवा कलबहादुर चेपाङ बिस्फोटमा परेका हुन् । बिस्फोटपछि उहाँको दुबै हात गुमेको हो ।

२०७५ जेठ ३२ गते बिस्फोटमा पर्नुभएका उहाँ ७० दिनको अस्पताल बसाईपछि हात गुमाएर घर फर्केका हुन् ।

कैलाश ७ रतुवास्थित बस स्टेशनबाट डोकोटारस्थित घर फर्कने बेलामा बाटोमा भेटिएको डल्लो नै उहाँको जीवनकै कालो र अँध्यारो दिन बन्यो । जब प्लाष्टिकको डोरीले बाँधिएको आकर्षक डल्लो उनको नजरमा प¥यो, उनले टिपे ।

बालबालिकाले खेल्ने सामान्य प्लाष्टिकको पोकोयुक्त बल भनेर टिपेका उनलाई डल्लो बाँध्ने प्लाष्टिकको आकर्षक डोरी मन प¥यो । मनमनै सम्झनुभयो–यो डोरी त कुचो बाँध्न काम आउँछ ।

जब बाटामै पर्ने काकाको घरमा पसेर उनले डल्लो फुकाउनका लागि डोरी चुडाउन थाले, लगत्तै बिस्फोट भयो ।

‘पानी भनेर छट्पटिएको थाहा छ ।’, कलबहादुरले भन्नुभयो–‘काकाकी बुहारीले पानी खुवाएको सम्म थाहा छ, त्यसपछि पूरै बेहोस् ।’

घटना लगत्तै घाइतेलाई डोकोमा राखेर मनहरी बजार ल्याएर एम्बुलेन्समार्फत भरतपुरस्थित पुरानो मेडिकल लगिएको थियो । घटनाको तेस्रो दिन डाक्टरले उनको दुबै हातको पञ्जा काटेर फालिदिए । कमाएर परिवार पाल्ने कलबहादुरको हात काटेर फाल्नुपर्ने भएपछि दैनिक हातमुख जोर्न समस्या

आइपरेको उनका आफन्त समेत रहेका समाजसेवी चित्रबहादुर चेपाङले जानकारी दिनुभयो । परिवारमा कान नसुन्ने कलबहादुरकी बृद्ध आमा, १० बर्षका अपांग छोरा, ४ बर्षका अर्का छोरा र श्रीमती छन् ।

बेबारिस बम कसले बाटामा फाल्यो भन्नेबारे यकीन छैन । उनको उपचारका लागि २ लाख बढी खर्च भएको बताइएको छ । गरिव, विपन्न भएकाले अस्पतालबा केही रकम छुट गराएर घाइतेलाई डिस्चार्ज गरिएको ३ नं प्रदेशका सांसद ओमबहादुर ग्लानले जानकारी दिनुभयो ।

उनको पारिवारिक र आर्थिक समस्या समाधानका लागि चेपाङ समुदायको तर्फबाट सहयोगको अपिल गरिएको समाजसेवी खुसीलाल प्रजा (चेपाङ) ले बताउनुभयो ।

कलबहादुरको लागि तत्कालै नागरिकता प्रमाणपत्र, अपांगता परिचयपत्र लगायत प्रशासनिक कामहरु गर्नु जरुरी देखिएको स्थानीय युवा नेता नमूना चेपाङ बताउनुहुन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?