logo
२०८१ बैशाख ३१ सोमवार



कलाकार स्वयंप्रकाश रहनु भएन

समाज |


कलाकार स्वयंप्रकाश रहनु भएन


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ११ गते । कलाकार स्वयंप्रकाश श्रेष्ठको ५३ वर्षको उमेरमा निधन भएको छ । उहाँको पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ ।

धरानमा रहेर कलाकारितामा सक्रिय श्रेष्ठको काठमाडौंस्थित हेम्स अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो । विगत दुई दशकदेखि धरानमा स्वयम आर्ट ग्यालरी स्थापना गरी कलाकार श्रेष्ठ कला गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँको तीनपटक एकल चित्रकला प्रदर्शनी साथै दर्जनौं कला कार्यशालाहरुमा सहभागी हुनु भएको थियो । उहाँले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रदान गरिने प्रादेशिक प्रतिभा पुरस्कार लगायत राष्ट्रिय एवं क्षेत्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो ।

उहाँप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, उपकुलपति गोपाल चित्रकार, सदस्य–सचिव विपिनकुमार घिमिरे, प्राज्ञहरु रमेशनाथ खनाल, लालकाजी लामा, बुद्धि गुरुङ, मिथिला देवी, सुषमा राजभण्डारी लगायत कलाकारहरु पशुपति आर्यघाट पुग्नुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विज्ञप्तिजारी गरी कलाकार स्वयंप्रकाश श्रेष्ठप्रति हार्दिक श्रद्धान्जली एवं शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?