logo
२०८१ बैशाख ३१ सोमवार



वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ   

समाज |




रुकुम(पूर्व), भदौ १२ गते । एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो ।    
    
अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले बताउनुभयो ।

उनीहरुको सुनुवाइ बाल इजलासमा हुने बताइएको छ ।

बोहराको भदौ ८ गते राति हत्या गरिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?