logo
२०८१ जेष्ठ ४ शुक्रवार



पुल निर्माण अलपत्र हुँदा आवतजावतमै समस्या

समाज |


पुल निर्माण अलपत्र हुँदा आवतजावतमै समस्या


लोकेन्द्र जोशी

दार्चुला, असोज ३ गते । महाकाली लोकमार्गको काकँडा खोलामा निर्माणाधिन पुलको काम अलपत्र परेको छ । म्याद सकिएको दुई बर्ष बढि समय बित्दा समेत पुल निर्माण नहुँदा  बर्षातको समयमा आवतजावतमा समस्या भइरहेको छ ।

जीप चालक किसनसिह धामीले भन्नुभयो, महाकाली नगरपालिका ८ स्थित काकँडा खोलामा २०७१ सालमा आएको बाढिले पुल भत्काएपछि हरेक बर्खामा समस्या भोग्नुपरेको छ । खोलामा पुल नहुँदा दिनहु सवारी साधन रोकिने गरेका छन् । दैनिक भइरहेको बर्षाका कारण खोला बढेपछि सवारी साधन रोक्नुपर्ने बाध्यता रहेको धामीले बताउँनुभयो ।

एक करोड ८३ लाख बढि लागतमा दिवा चन्द्र एण्ड बसन्त जेभीसँग २०७२ फागुन १७ गते पुल निर्माणको सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय पाटन बैतडी अन्तर्गत निर्माणाधिन पुलको २०७४ बैशाख ३१ गते म्याद सकिएको भएपनि हालसम्म पुल निर्माण सम्पन्न नहुदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ । पुलको हालसम्म झण्डै ८० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन कार्यालय पाटनले जनाएको छ ।

सडकमा पहिरो र खोलामा पानी बढेका कारण काकँडा खोला क्षेत्रमा जोखिमपुर्ण यात्रा गर्नुपरेको यात्रु लोकेन्द्रसिह धामीले बताउँनुभयो । पुल निर्माणको म्याद सकिएको दुई बर्ष बितेपनि सवारी साधन चलाउन र यात्रु हिडन खोलामा अहिलेसम्म पुल लागेको छैन् । पानीको सतह घटेको बेला यात्रुहरुले गाडीलाइ धकेलेर खोला पार गर्नुपरेको छ । पुल नहुँदा स्थानीयलाई दैनिक आवतजावतमै समस्या हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?