logo
२०८२ श्रावण २७ सोमवार



आध्यात्मिक ग्रन्थ ‘विचारप्रवाह’ सार्वजनिक

समाज |


आध्यात्मिक ग्रन्थ ‘विचारप्रवाह’  सार्वजनिक


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वामी सत्यदेव लिखित आध्यात्मिक ग्रन्थ ‘विचारप्रवाह’ को सार्वजनिक गर्नुभएको छ । उक्त ग्रन्थको सम्पादन प्रा.डा. कृष्णचन्द्र शर्माले गर्नुभएको छ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले पूर्वीय सभ्यता विश्वकै पहिलो सभ्यता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पश्चिमी राष्ट्रहरुले पूर्वीय सभ्यतामा टेकेर सभ्यता र संस्कृतिको विकास गरेका हुन् ।” कार्यक्रममा स्वामीको व्यक्तित्व र कृतित्वमाथि स्वामी ईश्वरानन्द र अरविन्द रिमालले चर्चा गर्नुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा किस्ट कलेजका निर्देशक इन्द्र सुवेदी र कवि यादव भट्टराईले कृतिबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?