सोलुखुम्बु, असोज ८ गते । सोलुखुम्बुको गोराखानीमा डोजरले च्यापेर एक व्यक्तिको मृत्यु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिका ९ गोराखानी स्थित धारापानी भन्ने स्थानमा सडक स्तरउनती गर्ने क्रममा डोजर पछ्याउदा गम्भिर घाईते भएका स्थानीय ४८ वर्षिय दावा तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको हो ।
मृतक तामाङ मादकपदार्थ सेवन गरी डोजर पछ्याएको र चालकले नदेख्दा डोजरले च्याप्न पुगेको वडाअध्यक्ष काजी शेर्पाले बताउनुभयो ।
घाईते तामाङको गोराखानी स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।