logo
२०८१ मंसिर ८ शनिवार



‘समाजलाई परिवर्तन गर्न सबै क्षेत्रमा सचेत गराउनु पर्ने जरुरी’

समाज |


‘समाजलाई परिवर्तन गर्न सबै क्षेत्रमा सचेत गराउनु पर्ने जरुरी’


माला कर्ण
सप्तरी, असोज ९ गते । राष्ट्रिय अपाड्ड महासघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले समाजलाई परिवर्तन गर्न समाजसँग जोडिए सबैको समर्थन हुने बताउनुहुँदै महासंघको काम अपाड्डका लागि मात्र नभई सबै क्षेत्रमा सचेत गराउनु पनि रहेको बताउनुभएको छ ।

समावेशी अपाड्डसंघ सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष शर्माले महासंघ कुनै एक संस्थासँग मात्र मिल्ने अकल्पनीय रहेको भन्नुहुँदै महासंघलाई स्वार्थ भएका केही मानिसहरुले घेरेर राखेको हुनाले मुक्त गर्न सकेमात्र राम्रो हुने र व्यक्तिगत भन्दा राष्ट्रिय स्तरको काम गर्न आग्रह गर्नुभयो ।

उहाँले अपाड्ड महासंघ दातृ संस्था नभई आवद्ध संस्थाहरुको क्षमता बढाउने र सो कार्यका लागी समन्वय सहकार्य गर्ने मात्र भएकोले आवद्ध संस्थाहरुलाई आफुले गरेका कामहरुको दस्तावेज चुस्त दुरुस्त राखी सुशासन र पारदर्शी ढंगले अगाडी बढन आग्रह गर्नुहँुदै कर्णाली र मधेशका संस्थाहरुले काम गर्दैन भन्ने दातृ संस्थाहरुको भावनालाई हटाउने वतावरण बनाउन समेत जोड दिनुभयो ।

कार्यक्रममा समावेशी अपाड्ड संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झा र कोषाध्यक्ष राधा अर्यालले प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्मालाई माला, गमछाले सम्मान गरी डायरी र कलम उपहार प्रदान गरेका थिए ।

संघका सचिव रामचन्द्र यादवद्वारा संचालित सोही कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष शर्माले तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाका अपाड्ड छेदी झालाई एक थान ट्राय साईकल समेत हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा अपाड्ड संग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

समावेशी अपाड्ड संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, बैद्धिक अपाड्ड अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश अर्याल, सगरमाथा अपाड्ड कल्याण संघका अध्यक्ष बलदेव मण्डल, अपाड्ड पुर्नस्थापना केन्द्र रुपनीका अध्यक्ष शिव प्रसाद यादव, समावेशी अपाड्ड संघका उपाध्यक्ष लच्छु परियार लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?