logo
२०८१ मंसिर ८ शनिवार



प्रहरी सहयोगी नै लागूऔषध तस्कर ...

सार्वजनिक नगरी लुकाउने प्रयास

समाज |


प्रहरी सहयोगी नै लागूऔषध तस्कर ...


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज ९ गते । लागूऔषधसहित इलाका प्रहरी कार्यालय लहानका  कार्यालय सहयोगीे अरूण राउत पक्राउ परेको छन्र ।

भारतको सीमावर्ती बजार कुनौलीबाट सप्तरीतर्फ लागूऔषध ल्याउँदै गर्दा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गत आइतबार बेलुकी ७.०० बजे पक्राउ परे पनि बिहीबार मात्र सार्वजनिक गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित भन्सार कार्यालय नजिक सडक बाटोमा चेकजाँच गरिरहेको अवस्थामा शंका लागेर खानतलास गर्दा राउतको साथबाट लागूऔषध बरामद भएपछि पक्राउ गरिएको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

राजविराज नगरपालिका ६ बस्ने २६ वर्षीय राउतको साथबाट कालो प्लास्टिकभित्र पाँच पत्ताका गरी ७५ थान नाइट्राभेट फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप भई राउतउपर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भारतीले जानकारी दिनुभयो । राउतलाई पक्राउ गरेलगत्तै प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

यसैबीच, सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानमा तीनसय वाेटगाँजा फडानी गरी नष्ट गरेको छ । प्रहरीले सुरुङ्गा नगरपालिका ९ परमानपुर र बलानबिहुल गाउँपालिका ४ बामनटोलमा १५ घर धुरीले खेतबारीमा लगाएको गाँजाको तीनसय वाेट बुधबार नष्ट गरेको थियाे ।

त्यसैगरी, सप्तकोशी नगरपालिका ६ बोती टोलस्थित जंगलबहादुर मुखिया र रीतुबहादुरको घरबाट अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने प्रयोजनका लागि लुकाइछुपाई राखिएको तीनलिटर कच्चा पदार्थ र तयारी अवस्थाको ७० लिटर घरेलु मदिरा जफत गरी नष्ट गरेको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?