logo
२०८१ मंसिर ९ आईतवार

   तराइमा दशैंको रौनक 



टोलटोलमा दुर्गा मूर्ति, सदभावका लागि मुश्लिम, सिख सहभागी

समाज |


टोलटोलमा दुर्गा मूर्ति, सदभावका लागि मुश्लिम, सिख सहभागी


शिवशंकर मिश्र
बारा, असोज १५ गते । हिन्दूहरुको चाड शुभारम्भ भएसँगै कलैया, वीरगञ्ज मात्र नभई तराईका अधिकंँश जिल्लामा दुर्गा भगवनीको मूर्ति बनाउने चटारो शुरु भएको छ । चोकचोकमा माटोबाट दुर्गा भगवनीको मूर्ति बनाउनमा कालिगढहरू व्यस्त छन् ।
त्यस्तै मूर्ति राख्न टेन्ट, पण्डालको व्यबस्था गरिएको छ । दूर्गा पूजा सेवा समितिबाट बनाईएको पण्डाल भित्र दुर्गा भगवती, सरस्वती, लक्ष्मी गणेश, शिव, पार्वती, कार्तिकेय र महिषासुर लगायत अन्य देव तथा असुरका मुर्ति रहेका छन् । जुन देवी, देवता दुर्गा पूजाको लागि अनिवार्य मानिन्छन् ।
पन्द्र दिन पहिले माटोले बनाउन सुरु गरिएको दुर्गा लगायत अन्य देवी, देउताका मूर्तिहरू पञ्चमी तिथिसम्म रंङ्गरोगन गरी पोशाक र अस्त्र, शस्त्र लगायतले सम्पूर्ण सजावट पूरा गरी सक्ने प्रचलन छ । बडा दशंैलाई तराई मधेशमा दशहरा, नवरात्री र नवमीको नामले मनाईन्छ ।
असुरी शक्ति माथि सत्यको विजय प्राप्त भएको सम्झनामा दशैंमा विभिन्न शक्ति पिठहरूमा पूजापाठ गर्नुको विशेष मान्यता रहेकाले भत्तजनहरूको भीड हुने गरेको छ । यस्तै धार्मिक सहिष्णुता र सामुदायिक सद्भाव बढाउने भएकाले तराई मधेसमा माटोको भगवती बनाई चोकचोकमा पूजा गर्नुको एक छुट्टै महत्व रहेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास बताउनुहुन्छ ।
यहाँको अर्को विशेषता हिन्दू मुस्लिमको पहलमा बिगत दुई दशकदेखी शुभारम्भ गरिएको दुर्गा पूजा अहिले पनि कायम नै रहेको छ । २०५७ साल देखि दुर्गा पूजा सेवा समितिले वीरगंजको रानीघाट चोकमा दुर्गा पूजाको सुरुवात गरेको थियो । सो समितिमा मुस्लिम र सिख धर्मावलम्बी पनि समावेश छन् ।
सबै व्यवस्थापन देखि लिएर विसर्जनसम्म दूर्गा पूजामा एकजुट भएर पूजाको शोभा बढाउने गरिन्छ । कुनै पनि धार्मिक र जातिय विभेद नमानेर यसरी हामी सामुहिक रुपमा भगवतीको पूजा गर्दै आएको समितिका अध्यक्ष सतिश कुमार सिंहले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?