नगेन्द्र सापकोटा
भक्तपुर, असोज १५ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा दसैंको घटस्थापनादेखि विजयादशीको दिनसम्म नवरात्रमा वैष्णोदेवी महोत्सव सञ्चालन भएको छ ।
असोज १२ गतेदेखि २१ गतेसम्म गुण्डूको सुब्बा पाखामा शतचण्डी ज्ञान महायज्ञ गरी देवी महोत्सव सञ्चालन हुनेछ ।
उक्त महोत्सवबाट सङ्कलित रकमबाट बहुुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माण गरिने कार्यक्रमका संयोजक अरविन्द शास्त्रीले जानकारी दिनुभयो ।
त्यसैगरी, नवाह ज्ञान महायज्ञ गरी सोही स्थानमा पाथीभरा मन्दिरको निर्माण गरिनेछ ।
असार ४ गते ताप्लेजुङ्गको पाथीभरा मन्दिरबाट ल्याइएको २७ फिटको माताको त्रिशुलसहित मन्दिर निर्माणको लागि सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको मन्दिर निर्माण समितिका संयोजक अर्जुन बस्नेतले जानकारी दिनुभयो ।