logo
२०८१ मंसिर ९ आईतवार



दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाईते

समाज |


दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाईते


सर्लाही समाचारदाता ।
सर्लाही, कात्तिक ४ गते । भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकामा वडाध्यक्षहरुले गरेको तालाबन्दी खोल्ने क्रममा सोमबार भएको कुटाकुटमा तीनजना घाइते भएका छन् ।
गाउँपालिकाका पाँच जना वडाध्यक्षले गरेको तालाबन्दी गाउँपालिका अध्यक्षले जबरजस्ती खोलेपछि दुई पक्षबीच कुटाकुट भएको हो । त्यसक्रममा ४५ वर्षीय अरबिन्द सिंहलगायत तीनजना घाईते भएका हुन् ।
तत्कालै प्रहरी घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । गाउँपालिका कार्यालयको सुरक्षार्थ अहिले पनि प्रहरी तैनाथ गरिएको छ । तालाबन्दी गरिएको कार्यालयमा आएर काम गरेको भन्दै आन्दोलित पक्षका मानिसले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि समेत हातपात गरेका छन् ।
गाउँपालिका अध्यक्षले मनोमानी गरी अनियमितता गरेको आरोप लगाउँदै वडाध्यक्षहरुले आइतबारसाँझ गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । काठमाडौंमा रहेका गाउँपालिका अध्यक्ष जवाहारलाल राय यादवले सोमबार विहान कार्यालयमा आई ताला तोडेपछि दुई पक्षबीच विवाद भएको हो । गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरु एक–अर्काबीच आरोप प्रत्यारोपमा उत्रिँदा गाउँपालिकाको कामकाज प्रभावित भएको छ ।
आफ्नो नेतृत्वमा विकासका कामले तीव्रता लिएपछि विपक्षी पार्टीबाट निर्वाचित वडाध्यक्षहरु आफूविरुद्धमा उत्रिएका गाउँपालिका अध्यक्ष यादवको भनाइ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?