तिलाचन पाण्डे
तम्घास , कात्तिक १७ गते । गुल्मी जिल्लाको मालिका गाउँपालिका– ६ अर्जेलाई ‘शुन्य होमडेलिभरी’ बडासँगै खरका छानामुक्त वडा घोषणा भएको छ । वडाका गर्भवती महिलाको शत प्रतिशत सुत्केरी स्वास्थ्यचौकीमा गराईएको छ भने वडाका सबै घरमा रहेका खरका छाना हटेका छन् ।
श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एक कार्यक्रमका बिच आईतबार बडालाई छानामुक्त वडा घोषणा गर्नु भएको हो ।
शुन्य होम डेलिभरी वडा घोषण गर्दै मन्त्री विष्टले ग्रामीण स्तरका जनतामा परिर्बतन नआए सम्म विकास सम्भव नहुने बताउनुभयो । ग्रामीण स्तरमा रहेका महिलाहरु अब उपचारको अभाबमा सुत्केरी हुन सकेनन र अकालमै मृत्यु भयो भन्ने समाचार सुन्न नपर्ने बताउनुभयो ।
ग्रामीण स्तरमा अब घरमै महिलाहरु सुत्केरी हुने अवस्थाको अन्त्य भएको भन्दै स्वास्थ्य संस्था देखि घरसम्म र घरदेखी स्वास्थ्य संस्थासम्म एम्बुलेन्सको व्यवस्था गरी मालिका गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै धन्यवाद समेत दिनुभयो । ग्रामीण स्तरका जनतामा परिवर्तन ल्याउनका लागि कृषि, पशुपालन मार्फत युवाहरुलाई स्वरोजगार बनाउन सकिने भन्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानीय स्तरका जनतामा धेरै परिवर्तन आएको दावी गर्नुभयो ।
यस्तै अर्को एक प्रसङ्गमा मन्त्री विष्टले अब उपचारका लागि ग्रामीण स्तरका जनताहरु तम्घास, पाल्पा, बुटवल जान पर्ने अबस्थाको अन्त्य गर्नका नेपाल सरकार लागेको भन्दै उपचारका लागि स्थानीय स्तरमै सुविधायुक्त अस्पतालको व्यवस्था गरेरै छाड्ने दावी गर्नुभयो ।
यस्तै मन्त्री विष्टले चुनावको समयमा गरेका प्रतिबद्धताहरु अक्षरस पुरा गरेरै छाड्ने बताउनुभयो । कहि कतै कसैलाई लाग्न सक्छ नेकपाको सरकारले काम गरेन भनेर हिड्नेहरुले नेपालको बिकास दुर्त गतिमा देखेका कारण प्रतिपक्षहरु अताल्लिएको पनि बताउनुभयो उहाँले गुल्मी जिल्लालाई खरका छानामुक्त घोषणा गर्ने कार्यक्रम अगाडी बढेको भन्दै केही बर्ष भित्रैमा गुल्मी जिल्लामा खरका छाना भएका घरहरु नहुने भन्दै त्यसको पनि अन्त्य गरेरै छाडने दावी पनि गर्नुभयो । मन्त्री विष्टले ग्रामीण स्तरका बाटोहरुलाई अब स्तरोन्नती गर्नुपर्ने भएकाले त्यसका लागि पनि आफूले पहल गरिरहेको बताउनुभयो ।