सिराजुद्दिन खान
नेपालगञ्ज, पुस २ गते । बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकका स्थानीयका वर्षा लागेपछि सबैको मनमा एउटै पीर हुन्छ बाढी कति खेर आउँछ र डुबानमा पार्छ भन्ने । बाढी आए पछि उद्धारलाई सेना र प्रहरी नै कुर्नु पर्ने उनीहरुको बाध्यता थियो ।
तर अब यस्तो विपदका बेला उनीहरु आफ्नो सुरक्षा आफै गर्न सक्ने भएका छन् । बाँके जिल्लाका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका १३४ स्थानीयलाई बाढी,डुबानको क्षती कम गराउने आपतकालीन प्रतिकार्यको तालिम प्रदान गरिएको छ ।
बाँके जिल्लामै हरेक बर्ष बाढी र डुबानले ठूलो क्षती पु¥याउने राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका १३४लाई डेनिस रेडक्रसको सहयोगमा प्रतिकार्यको तालिम प्रदान गरिएको हो ।
हरेक बर्ष बाढी र डुबानको समस्याबाट ग्रसित तीन वटा गाउँपालिकाका स्थानीयमा बाढी र डुबानको समस्यामा जोगिने सचेतना उत्पन्न गराउने र क्षतीलाई समेत न्यूनिकरण गर्न विशेष तालिमको आयोजना गरिएको छ ।
राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा छ वटा समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुह तालिम सञ्चालन गरेर १३४ जनालाई तालिम दिईएको छ ।
राप्तीनदीमा बर्सेनी आउने बाढी र डुबानबाट बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा ठुलो जनधनको क्षती हुने गरेको छ । स्थानीय तहको विपद् प्रतिकार्यमा क्षमता विकास गर्ने उदेश्यले प्रभावित गाउँपालिकाहरुमा छ दिने छवटा प्रशिक्षण सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगीका अनुसार नरैनापुर गाउँपालिकामा १, राप्तीसोनारीमा ३ र डुडुवा गाउँपालिकामा २ वटा तालिम गरि जम्मा छ वटा तालिम सञ्चालन गरेर १३४ जनालाई प्रशिक्षण दिईएको छ ।
सो तालिममा प्राथमिक उपचार अन्र्तगत, घाइतेलाई जाँचगर्ने तरिका, हाड भँचाई, टाउको तथा मेरुदण्डको चोटपटक, घाइतेको ओसार पसार, वातावरणीय समस्या लगायतका विषयहरु समावेश गरिएको डाँगीले बताउनुभयो ।
सोही प्रकारले खोज तथा उद्धारमा सामुदायिक नक्सांकन, आधारभूत खोज तथा उद्धार विधि, पानीजन्य आपत्काल, आगो नियन्त्रण, खोज तथा उद्धारका सामाग्रीको प्रयोग र स्वास्थ्य समस्यामा किटजन्य रोग, खोप, झाडापखाला, श्वासप्रश्वास समस्या लगायत विषयमा सैद्धान्तिक र व्यवहारिक अभ्यास समेत गरिएको उहाँले बताउनुभयो ।
प्रशिक्षणका क्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहले यस क्षेत्रमा हुने विपद्बाट प्रभावित समुदायलाई रेडक्रसबाट तत्काल सहयोग भईरहेको बताउदै तालिम प्राप्त जनशक्ति पालिकाको सम्पति हो भन्नु भयो ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले विपद्को पूर्वतयारी गर्ने क्रममा पालिकाबाट बजेट विनयोजन भएको जानकारी गराउदै समुदायको क्षमता विकास गर्न रेडक्रससंग सहकार्य गरेको उल्लेख गर्नुभयो ।
तालिमको प्रशिक्षकहरुमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका जनसम्र्पक अधिकृत सरिता सिंह, कचनापुर उपशाखाका धनसिंह वली, शुशिल चौधरी, यमुना गोसाई, सितावली, कोहलपुर उपशाखाका धनराज बुढाथोकी, बेतहनी उपशाखाका कोपिला गुप्ता, शसस्त्र प्रहरी बल नेपालका सई कुलबहादुर रजाली, सई खगेन्द्र बहादुर वि.क. र सिपाही लोकबहादुर सुनार रहनु भएकोथियो ।
सो तालिमको सम्पूर्ण व्यवस्थापनको कार्य नेपाल रेडक्रस सोसाइटी मार्पmत जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा कार्यरत सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गर्नु भएको थियो ।
उक्त प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कामु बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कामु कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले पनि सहजीकरण लगायत व्यवस्थापनमा समेत सहयोग गर्नु भएको शाखाले जनाएको छ ।