logo
२०८२ जेष्ठ २८ मंगलवार



सुस्त मनस्थितिकी नावालिकालाई जवर्जस्ती गर्ने कारागार चलान

समाज |




जिरी समाचारदात
चरिकोट, दोलखा पुस २ गते । दोलखाको शैलुङ गाउपालिकाका सुस्त मनस्थिति समेत भएकी नावालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।
सुस्त मनस्थिती समेत भएकी नावालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शैलुङ गाउँपालिका वडा नम्बर–४ मागापौवाका ४० वर्षीय भीमसेन भुजेललाई जिल्ला अदालत दोलखाको आदेश अनुसार कारागार चलान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलका अनुसार भुजेलले गत साउन २८ गते पसलमा सामान किनेर फर्कदै गरेकी १५ वर्षीया नावालिकालाई पोखरे सामुदायिक वन क्षेत्रमा जर्वजस्ती करणी गरेका थिए । नावालिका किशोरी गर्भवती समेत भएपछि घटना बाहिर आएको र पीडितका परिवारले गत मंसिर ९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएका थिए । परिवारको उजुरी पछि भुजेललाई प्रहरीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?