logo
२०८१ मंसिर ९ आईतवार



राजविराजमा भैंसी चाेरीको विगविगी बढयो

समाज |




माला कर्ण
सप्तरी, पुस ५ गते । शितलहरको प्रकोप सँगै राजविराज नगरपालिका क्षेत्र भित्र भैसी चोरीको विगविगी बढेको छ ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी विरेन्द्र यादवको भैसी शुक्रबार राति घरबाटै चोरी भएको छ ।
यसैगरी एक सप्ताह भित्रै राजविराज–१६ गोठम बस्ने बिनोद यादव र चन्दर यादवका गरी २ थान दुध दिने भैसी गत आईतबार राति घरबाटै चोरी भएको पीडितहरुले जनाएको छ ।
घटना लगत्तै प्रहरीलाई जानकारी दिनुका साथै आफै पनि व्यापक खोज तलास गर्दा पनि अझैसम्म भैसीको कुनै सुँइको थाहा पाउन नसकेको पीडित विनोद यादवले बताउनुभएको छ। पीडितहरुका अनुसार भैसी चोरहरु भैसी चोरेर सवारी साधानबाट लग्ने गरेको आशंका व्यक्त गरेका छन् ।
यस अघि गत महिना चोरीएको एक थान भैसी प्रहरीले पक्राउ गरी भैसी धनिलाई बुझाएका थिए । नगर तथा गाउँघरमा मोटर साईकल चोरी सँगै भैसी चोरीको आतंकले भैसी पालकहरु राति जागरण बस्न थालेको गोठमका पीडित विनोद यादवले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?