logo
२०८१ मंसिर ९ आईतवार



चेपाङ बालबालिकालाई न्यानो कपडा

समाज |


चेपाङ बालबालिकालाई न्यानो कपडा
न्यानो कपडा पाएका बालबालिका


अमरराज नहकी
तनहुँ, पुस ८ गते । जीवन विज्ञान प्रयोगशालाले तनहुँको एक विद्यालयमा अध्ययरत अति सिमान्तकृत चेपाङ जातिका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
व्यास नगरपालिका–११ तनहुँसुरस्थित अमरसिंह माध्यामिक विद्यालयमा अध्ययरत एकसय चारजना बालबालिकालाई सोमबार न्यानो कपडा वितरण गरिएको हो । बाल विकासदेखि कक्षा १० सम्मका चेपाङ लगायत विपन्न वर्गका बालबालिकाले जाडोको मौसममा न्यानो कपडा पाएपछि अभिभावक तथा बालबालिकामा खुसीयाली छाएको विद्यालयका शिक्षक विष्णु मास्कीले जानकारी दिनुभयो । विद्यार्थीलाई विद्यालय पोशाक, टोपी, स्वीटर, पाइन्टलगायतका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
जीवन विज्ञान प्रयोगशालाका प्रतिनिधि किरण रुपक, दमौली शाखाका संयोजक गणेश बस्नेत, देवी शर्मा, दमौली स्रोत केन्द्रका पूर्व स्रोतव्यक्ति नारायणदत्त पौडेल, विद्यालयका प्रधानाध्यापक बाबुराज वाग्ले, सूर्यचन्द्र हड्खलेलगायतकाले यस्ता सामग्रीले चेपाङलगायत गरिब र विपन्न वर्गका बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्ने बताउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?