logo
२०८१ मंसिर ९ आईतवार



जिल्ला विद्युतमा आत्मनिर्भर तर टुकीमा पढ्छन् गाउँका केटाकेटी

समाज |


जिल्ला विद्युतमा आत्मनिर्भर तर टुकीमा पढ्छन् गाउँका केटाकेटी


ध्यान कुलुङ
सङ्खुवासभा, पुस ८ गते । सङ्खुवासभाको १० स्थानीय तहमध्ये अझै दुई स्थानीय तहमा केन्द्रीय विद्युत प्रसारण लाईन पुगेको छैन । सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकामा विद्युत लाईन पुग्न नसक्दा त्यस क्षेत्रका नागरिकहरु भने अझै टुकीको साहारा लिन बाध्य छन् ।
सिलिचोङ गाउँपालिकाको ठाउँठाउँमा स्थानीय स्तरमा सानो क्षमताको विद्युत उत्पादन गरेर बाल्दै आए पनि भोटखोला गाउँपालिकामा त्यो पनि हुन सकेको छैन । आर्थिक रुपमा सम्पन्न केही परिवारले सोलार बत्ति खरिद गरेर बाल्दै आए पनि कम आउ भएका नागरिकले अझै टुकि बालिरहेका छन् ।
भोटखोलाको पनि अति दुर्गम मानिएको थुदाम, रिदाक, छुम्सुर, च्याम्ताङ र रुकुमाका नागरिकहरु अझै टुकिकै भरमा जीवनयापन गरिरहेका छन् । मित्र राष्ट्र चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको किमाथाङ्कामा भने एक बर्षदेखि यता सोलार बत्ति बाल्दै आएका छन् । अघिल्लो बर्ष चिनियाँ सरकारले त्यस क्षेत्रका नागरिकहरुलाई निःशुल्कसोलार उपलब्ध गराएकोले त्यहाँका नागरिकहरु उज्यालोमा बस्न पाएका हुन् ।
जिल्लाका सभापोखरी गाउँपालिकाको माथिल्लो क्षेत्रमा पनि विद्युतको सुविधा नपुगेपछि टुकीको भरमा स्थानीयको दैनिकी चल्दै आएको छ । सभापोखरीको केन्द्र बाह्रबिसे बजार क्षेत्रमा विद्युत पुगे पनि पावा, आईतबारे लगायतका स्थानमा अझै टुकि बालिदै आएको छ ।
सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ सिसुवाखोला र वडा नम्बर ५ याफुमा पनि स्थानीय स्तरमा समेत लघु विद्युत उत्पादन नहुँदा त्यहाँका केही नागरिकहरुले टुकी बाल्नु परेको छ । वडा नम्बर १ मा स्थानीय खोलाबाट लघु जलविद्युत उत्पादनको काम भईरहेको छ ।
एक बर्ष भित्र गाउँबाट नै टुकी हुट्ने गाउँपालिका अध्यक्ष रामबहादुर राईको दावी छ । त्यस्तै वडा नम्बर ५ मा पनि केन्द्रीय विद्युत प्रसारण लाईन जडानको लागि काम भईरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको केही ठाउँमा अझै टुकी बाल्नु परेको स्वीकार्नुहुँदै अबको एक बर्ष भित्र पालिका भरिबाट नै टुकी हट्ने उहाँको भनाई छ ।
सङ्खुवासभा विद्युत उत्पादनको हिसावले पूर्णरुपमा आत्मनिर्भर जिल््ला हो । यहाँ रहेका चार वटा हाइड्रो पावरहरुबाट करिब १२ मेगावाट विद्युुत उत्पादन हुन्छ । यहाँ उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाईनमा पठाईन्छ । जिल्लाको दुर्गम गाउँहरुमा प्रसारण लाईन नपुगेको कारण विद्युतबाट नागरिकहरु बञ्चित हुनु परेको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामआशिष शाहले बताउनुभयो । विद्युत सेवा नागरिकहरुको पहुँचमा पुराउन प्राधिकरण लागिपरेको बताउनुहुदै दुई बर्ष भित्र कमसेकम सङ्खुवासभाको सवै स्थानीय तहमा पुराउने गरि काम भईरहेको शाहले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?