logo
२०८१ मंसिर ९ आईतवार

  बाबा कृष्णदासको सुनुवाइ 



पक्षमा रामनाम जप, विपक्षमा कारबाहीको माग

समाज |


पक्षमा रामनाम जप, विपक्षमा कारबाहीको माग


जयकृष्ण यादव  
इनरुवा, पुस १४ गते । आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई सोमबार सुनसरी जिल्ला अदालत इनरुवाले तीनलाख धरौटीमा छाड्न आदेश दियो ।
निकै वहस र चर्चामा रहेको यो मुद्दाको जिल्ला अदालत सुनसरीमा सुनाइ भईरहँदा बाहिर बाबाका समर्थक रामनाम जप्दै थिए भने अर्का तर्फ अधिकार कर्मी बाबालाई कारबाहीको माग गर्दै नाराबाजी गर्दै थिए ।
बन्द इजलास भएकाले भित्र कानुन व्यबसायी बाहेक अरुलाई प्रवेश थिएन । बाबाका समर्थकहरू हनुमानको भेषमा अदालत परिसरमा भेला भएका थिए । उनीहरूले भगवान रामको तस्बिर समेत बोकेका थिए । उनीहरू रामनाम जप्दै भजन र नाचगानमा व्यस्त थिए ।
त्यसैबीच महिला अधिकारबादीले भने दोषिलाई कारबारही गर, अदालतमा राजनीतिक हस्तक्षेप बन्द गर जस्ता नामा लगाइ रहेका थिए ।
अदालतले धरौटीमा रिहा गरे पछि आज प्रहरीले मुख्य बजार क्षेत्रको बाट नलगी जिल्ला अदालको उत्तरतर्फबाट घुमाउरो बाटो प्रयोग गरी बाबालाई विराटनगर पु¥याएका थिए ।
बाबालाई केही दिन अस्पताल राखिने उहाँका समर्थकले जनाएका छन् ।
प्रहरीको नियन्त्रणमा तर अस्पतालमा २७ दिन विताएका सिद्धबाबालाई सुनसरी जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको हो ।
पक्ष र विपक्षका १४ जना अधिवक्ताको थुनछेक बहस पछि सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश दिएको र धरौटि बुझाएपछि वहाँ रिहा भएको अदालतका श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।
पीडित भनिएकी महिलाको आरोप सहितको कार्तिक ४ गते उजुरी दर्ता पछि जिल्ला प्रहरी कार्यालय सुनसरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो । गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत ल्याएको थियो । शुक्रबारदेखि सोमबारसम्म लगातर रुपमा पक्ष र विपक्षमा नाराबाजी भएको थियो ।
रिहा पछि उहाँलाई एम्बुलेन्समा बिराटनगरको अस्पताल नै उपचारको लागि लगिएको छ । जिल्ला अदालतले माघ ५ गतेको तारिख दिएको जिल्ला अदालत सुनसरीले जनाएको छ । जिल्ला अदालतले सिद्धबावालाई पहिलो पटक ७ दिन ,दोश्रो पटक ४ दिन, तेस्रो पटक ३ दिन , चोथौ पटक ७ दिन र पाचौ पटक ३ दिनको म्याद थपिएको थियो । सुनसरी जिल्ला अदालत इनरुवामा सरकारी वकिल र अधिवक्ताहरुको बयान र .थुनछेक बहस सकिएपछि सोमवार जिल्ला न्याधिश उप्रेतीले रिहा गर्न आदेश दिएको हो ।
सिद्दबाबालाई रिहाको आदेशपछि महिला अधिकारकर्मीहरुले जिल्ला अदालतको मुलगेटमा नाराबाजी गर्दै जिल्ला अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । सरकारी वकिलका तर्पmबाट जिल्ला न्याधिवत्ता गोकुल निरौला, नवराज विष्ट, रेवति सुवेती, अनिल रेग्मी, अनन्त न्यौपाने र रेनुका राई ६ जना र गिरीको तर्फबाट अधिवक्ता मोहन कोईराला, सरोज गिरी सहित १४ जनाले थुनछेक बहस गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?