गोरखापत्र अनलाइन
काठमाडौं, पुस १८ गते । प्रहरीले गुण्डागर्दीमा संम्लग्न राते भनिने सुरज श्रेष्ठलाई पक्राउ गरेको छ ।
चैत्रमा काठमाडौंको एलओडी क्लब अघि सुरज र रेम्बो भन्ने अजय गुरुङले विष्णु कठायतलाई रडले हानेर फरार रहेकोमा प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको हो ।
विष्णु कठायतले राते भनिने सुरज श्रेष्ठ र रेम्बो भनिने अजय गुरुङले ज्यान मार्ने खोजेको भन्दै उनीहरु बिरुद्ध जाहेरी दिएका थिए । जाहेरी दिएपनि उनीहरु फरार रहँदै आएकोमा प्रहरीले लुकेर हिडेको समयमा रातेलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी महाशाखाले रातेलाई पक्राउ गरि आवश्यक अनुशन्धान गरिरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार पक्राउ परेका राते चरी समुहमा सकृय थिए ।