देवराम प्रसाद यादव
सप्तरी पुस २२ गते । जिल्ला प्रहरी कार्यलय सप्तरीले एकै दिन विभिन्न मुद्दामा फरार १७ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । सप्तरी प्रहरीको एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानको रुपमा लिएपछि १७ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले सप्तरीको बलान बिहुल गाउाँपालिका ३ बस्ने ५४ वर्षिय कुटपिट मुद्दामा फरार जयराम साह, खड्क नगरपालिका ४ बस्ने ५८ वर्षका ज्यान मार्ने उद्योगमा फरार ईसराइल मियाँ, बोदेबर्साईन नगरपालिका ९ बस्ने ४७ वर्षिय लुटपिट मुद्दामा फरार चन्देश्वर साह, सोही नगरपालिका ९ बस्ने ५७ वर्षिय कुटपिट मुद्दामा फरार झौलि मंडल, सोही न.पा. २ बस्ने ४७ वर्षिय कुटपिट मुद्दामा फरार महेन्द्र साहलाई पक्राउ गरेको छ ।
त्यस्तै सप्तरीकै बोदेबर्साईन न.पा. २ बस्ने ३८ वर्षिय कुटपिट मुद्दामै फरार राम सुन्दर यादव, सोही नगरपालिका १० बस्ने ५९ वर्षिय ज्यान मार्ने मुद्दामा फरार खगेन्द्र यादव, जिल्लाको सुरुङ्गा न.पा. ९ बस्ने वर्ष ४० वर्षिय कुटपिट मुद्दामै फरार नरसिहं चौधरी, खड्क न.पा. ९ बस्ने सोही मुद्दामा फरार फागु मण्डल, सोही नपा ६ बस्ने जारी मुद्दामा फरार रहेकी संगिता कुमारी चौधरीलाई पक्राउ गरेको जनाएको छ । यसैगरि प्रहरीले खड्क न.पा. ६ का जारी मुद्दामा फरार बद्री चौधरी, सोही नपा ६ लुटपाट मुद्दामा फरार नजबुद मिया, वडा नं. ६ कै फरार मुद्दामा राज कुमार साहलाई, खड्क न.पा. ९ बस्ने महिनारायण चौधरी भाई दिपनारायण चौधरीमाथी लुटपिट गरी फरार रहेकोमा पक्राउ गरेको छ ।
प्रहरीले सप्तरीकै खड्क न.पा. ९ बस्ने मिश्रीलाल चौधरीलाई छोरा अरुण कुमार चौधरीलाई लेनदेन मुद्धामा फरार रहेकोमा पक्राउ गरेको छ । यसैगरि खड्क न.पा. ९ बस्ने सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी जालसाँझी गरेको मुद्धामा तथा सप्तरीकै राजगढ गा.पा. २ बस्ने बलविर कुमार यादव कुटपिट अङ्गभङ्ग मुद्धामा फरार रहेकोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।