logo
२०८१ मंसिर ९ आईतवार



अनलाइनमा चिठ्ठा पर्याे भन्दै ठगी गर्ने पाँच पक्राउ

समाज |


अनलाइनमा चिठ्ठा पर्याे भन्दै ठगी गर्ने पाँच पक्राउ


गोरखापत्र अनलाइन

काठमाडौं, पुस २२ गते । अनलाइनमा तपाइलाई चिठ्ठा प-र्याे भनेर फोन आउने र एसएमएस आउने गरेको छ । त्यसरी आउने फोन र म्यासेज सक्कली नभएर नक्कली समेत हुन सक्छन् । धेरैको गुनासो मात्रै नभएर ठगीएको निवेदन पर्न थालेसँगै महानगरीय अपराध महाशाखाले मंगलबार यस्तै ठगीका घटनामा संम्लग्नहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भाइवरमा तपाइलाई चिठ्ठा (लोटरी) परेको छ भन्दै त्यसको १० प्रतिशत रकम खातामा हालिदिने खालका म्यासेज उपत्यकामा विभिन्न ठाउँमा व्यापार गरेर बस्नेहरुलाई जान थालेपछि प्रहरीले त्यसैलाई पछ्याउने क्रममा सोमबार साँझ काठमाडौका विभिन्न स्थानहरुबाट पाँच जनालाई नियन्त्रणमा लिएको महनगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

काठमाडौंबाटै अनलाइनमा चिठ्ठा प-र्याे भनेर ठगीमा सकृय रहेको समुहलाई महाशाखाको विशेष टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले ठगीमा संम्लम्न रहेको भन्दै मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ स्थायी घरभै हाल काठमाडौं हाडीगाँउ बस्ने २१ बर्षका अंलकार जैन, भारत घरभै काठमाडौ क्षेत्रपाटी बस्ने ४९ बर्षका नविन अग्रवाल र आनन्द अग्रवाल, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने सुशिल गुरुङ, रौतहट मंगलपुर–३ घर भै काठमाडौं सतुगल बस्ने २८ बर्षिया शर्मिला कुमारी श्रेष्ठलाई पक्राउ गरेको एसएसपी थापाले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको छ भने आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?