logo
२०८१ मंसिर ९ आईतवार



सात हजारबाट तरकारीखेती सुरु गर्ने टिकादेवीलाई ५१ हजारको पुरस्कार

समाज |


सात हजारबाट तरकारीखेती सुरु गर्ने टिकादेवीलाई ५१ हजारको पुरस्कार


विष्णुप्रसाद पोखरेल
दमक, पुस २७ गते । झापाको एक सहकारी संस्थाले आफ्ना सदस्यलाइ कृषिमा लाग्न प्रेरित गर्न स्थापना गरेको ‘प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार’ अर्जुनधारा ९ झापाकी टिकादेवी राईले पाउनु भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औ बार्षिकोत्सवको अवसर पारेर राईलाइ ५१ हजार राशीको पुरस्कार प्रदान गरेको हो ।
संस्थाको लघुवित्ततर्फका सदस्य राईलाई ५१ हजार रुपैयाँ राशीको सो पुरस्कार एक कार्यक्रमबीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदान गर्नु भएको छ । सो अवसरमा उहाँले किसानलाइ प्रोत्साहन गर्ने यस प्रकारको कार्यक्रम सहकारीहरुले सञ्चालन गरेर सहकारीमा लाग्ने प्रेरित गरेको जनाउनु भयो ।
राइले सहाराबाट सात हजार रुपैयाँ ऋण लिएर शुरु गरेको कृषि उद्यम अहिले करोडको हाराहारीमा पुगेको जनाईएको छ । झापाको शनिश्चरे सेवा केन्द्र अन्तरगत जागृती सहारा महिला समूहमा २०६४ सालदेखि आबद्ध हुनु भएको थियो । मैले त्यही पुँजीलाइ बढाउदै अहिले घरजग्गा जोडेको छु भने सामान्य तरकारीबाट शुरु गरेको ब्यवसाय अहिले भैसी पालन, बंगुर पालन र बाख्रा पालन शुरु गर्नु भएको छ ।
यसैबीच सहारा नेपालको २३ औ बार्षिकोत्सवको अवसरमा तीनवटा सहकारी संस्थाहरु एकिकरण भएका छन । बिर्तामोडको गोदाबारी, घैलाडुब्बाको नारी चेतना महिला सहकारी र ईटाभट्टाको जिबिको कृषि सहकारी संस्था एकीकरण भएकाहुन् । सहकारीका कार्याकारी प्रमुख महेन्द्र गिरीका अनुसार अन्य साना सहकारीहरुलाइ समेत समाहित गर्ने योजनालाइ निरन्तरता दिईएको छ ।
गिरीका अनुसार आ.व. २०७५÷०७६ मा संस्थाको शेयर पूँजी १ अर्व २४ करोड ९६ लाख रहेको छ । कूल आम्दानी १ अरब ५६ करोड र खर्च १ अर्ब २० करोड गरी खुद नाफा ३६ करोड रहेको पनि गिरीले जानकारी दिनु भयो । अहिले यस सहकारी संस्थामा १ लाखभन्दा बढि सदस्यहरु रहेकाछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?