logo
२०८१ मंसिर १० सोमवार



संस्थाको वार्षिक उत्सवमा वृद्धवृद्धालाई भोजन

समाज |


संस्थाको वार्षिक उत्सवमा वृद्धवृद्धालाई भोजन



गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । चितवनको फुलवारीस्थित सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था( नेपालको १९ औं वार्षिक उत्सवको अवसरमा ‘देवघाट समाज कल्याण केन्द्र(वृद्धाश्रम)’ मा बस्नुहुने ३६ जना बुवाआमालाई विशिष्ट भोजन गराइएको छ ।
संस्थाका अध्यक्ष श्री प्रा.डा. धर्मराज डंगोलले आफ्नो हेरचाह गर्ने आफन्त छोराछोरी कोही नभएकाहरुलाई वृद्धाश्रममा राख्ने गरिएकाले संस्थाका हरेक वार्षिक उत्सव यसरी मनाउने गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
जाजरकोट, सिन्धुली, काठमाडौं, गोर्खा, तनहुँ, चितवन, स्याङ्जा, नुवाकोट, लम्जुङ्ग, धादिङ्ग, नवलपरासी, पर्सा, कास्की, मकवानपुर, पर्वतलगायतका जिल्लाहरु बाट आएर बस्नुभएको छ ।
विभिन्न संघसस्ंथाहरुले वृद्धवृद्धाहरुलाई न्यानो कपडा, लुगाधुने मेसिन, पानी तताउने गिजर र प्रतिक्षालयको व्यवस्था पनि गरेका छन् ।
वृद्धाश्रमका व्यवस्थापिका श्रीदेवु अधिकारीको अनुसार वद्धाश्रममा वृद्धामैत्री उद्यान, सोलार, पानीको लागि बोरिङ्ग, व्यवस्थित भोजनालय, सभाहलको लागि चकटी र पर्दाको आवश्यकता रहेको बताउनुभयो । वृद्धवृद्धाहरुलाई स्वस्थ राख्न दैनिक रुपमा योगा गराउने कार्यक्रममा पनि उहाँले जानकारी गराउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?