logo
२०८१ मंसिर १० सोमवार



पुरानो इनार फेला

समाज |


पुरानो इनार फेला


विष्णुप्रसाद पोखरेल
दमक, माघ २२ गते । भmापा जिल्लामा पर्ने रतुवामाई बृक्षारोपण आयोजनास्थलभित्र एउटा पुरानो इनार फेला परेको छ । यसलाइ स्थानीयले पौराणिक कालमा ऋषिमुनीले प्रयोग गरेको ईनार हुनसक्ने बताएकाछन् । पौराणिक बाल्मिकी आश्रमको करिब डेढ किलोमिटर दुरीमा यो इनार भेटिएको स्थानीयको भनाइ रहेको छ ।

कमल गाउँपालिका वडा नं. ३ स्थित आयोजनाको जंगलभित्र स्थानीयले घाँस दाउरा गर्ने क्रममा इनार देखेका थिए । ईनार माटाको डवल रिङ्ग प्रयोग गरेर बनाईएको पाईएको स्थानीय सोमनाल चापागाइले बताउनु भयो । म बाख्रा चराउन जाँदा पुरानो केहि संरचना जस्तो लागेर झाडि पन्छाएर हेर्दा इनार पो रहेछ, उहाँले भन्नुभयो । ईनार जमिनबाट करिव ५ फुटको गहिराईमा रहेको बताईएको छ ।
पहिला इनार बनाउदा माटोका प्रयोग हुने गरेको थियो । सिमेन्ट तथा इटाको सहज पंहुच नभएको समयमा यस प्रकारको इनार बन्ने गरेको बताइन्छ । स्थानीय नरेन्द्र बोहोराका अनुसार यस प्रकारको ईनार देखिएको थिएन । माटाको टायल्सको डवल रिङ्ग बनाएर इनार बनाएको देखिएको छ, उहाँले भन्नुभयो ।

अर्का स्थानीय सोमनाल चापागाईका अनुसार बाल्मिकी आश्रममा बस्ने गरेका ऋषिमुनीहरुले उक्त इनार खनाएको हुनसक्छ । यसको पौराणिकता तथा ऐतिहासिकताको बिषयमा पत्ता लगाउनु पर्ने उहाँको माग रहेको छ । यो झण्डै दूइसय बर्ष पुरानो हुनसक्ने चापागाँइले जनाउनु भयो । यहाँका बुढापाकाहरुले पनि यस्तो इनार नदेखेको बताएकाले यो निक्कै पुरानो हुनपर्छ भन्ने लाग्छ, उहाँले भन्नुभयो ।

पहिला पनि यो क्षेत्र घनाजंगल रहेको थियो । पछि फाटफुट घरहरु बनेपनि २०३५ सालपछि भने यो पुर्ण रुपमा जंगल रहेको छ । रतुवा माई बृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्माका अनुसार स्थानीयले इनार भेटिएको जनाएको र कति बर्ष पुरानो हो भन्ने थाहा भएको छैन । ऐतिहासि र पौराणिक महत्व बोकेको भए यसको संरक्षणमा हामी पनि जुट्छौ, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?