logo
२०८२ असार ३ मंगलवार



चितुवाको आक्रमणबाट बाख्रा गोठालो घाईते

समाज |


चितुवाको आक्रमणबाट बाख्रा गोठालो घाईते


जर्नादन खत्री
सर्लाही, फागुन ८ गते । सर्लाहीको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा जङ्गली जनावर चितुवाको आक्रमणबाट एक जना गम्भीर घाईते हुनु भएको छ ।

जिल्लाको उत्तरी चुरेभेगस्थित सिन्धुलीको सीमा नजिक नारायणखोलाको डाइनी शीरका २४ वर्षीय दुधराज तामाङ चितुवाको आक्रमणबाट गम्भीर घाईते हुनु भएको हो । वुधवार दिउँसो बाख्रा गोठालो जाँदा चितुवाको आक्रमणबाट घाईते हुनु भएका तामाङलाई लालबन्दी बजारस्थित एक निजी स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि वुधवार राती वीर अस्पताल काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार चितुवाको आक्रमणबाट तामाङको तीघ्रा, बायाँ गाला र बायाँ खुट्टामा गहिरो चोट लागेको छ ।

बढ्दो वन विनाशका कारण सर्लाहीको अन्य ठाउँका वन क्षेत्रमा चितुवा लगायतका जङ्गली वन्यजन्तु पाउन छाडेपनि विकट क्षेत्रमा पर्ने नारायणखोलाका चुरे पहाडमा भने अझै पनि जङ्गली जनावर पाइने गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?