logo
२०८१ मंसिर १० सोमवार



किशोरीलाई आत्मरक्षा तालीम

समाज |


किशोरीलाई आत्मरक्षा तालीम


नेपालगञ्ज, फागुन १७ गते । महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो ।
तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत उहाँ जानकारी दिनुभयो ।
नेपालगञ्जमा भाटभटेनी

नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औँ शाखाका रुपमा सञ्चालनमा आएको सो स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय, फर्निचरदेखि आवश्यक सम्पूर्ण सामग्री एउटै थलोमा पाइने जनाइएको छ ।
शुभारम्भको पहिलो दिन शुक्रबार खाद्यान्न र लत्ताकपडा सामानको खरिदमा १० प्रतिशत तथा विद्युतीय सामानमा २० प्रतिशतसम्म छुट दिनुका साथै निःशुल्क ढुवानी गरिने जनाइएको छ । यहाँको सो सञ्चालनमा भौतिक सम्पत्तिसहित करिब रु १५० करोड लगानी रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?