नेत्र शाही जुम्ला
खलङ्गा चैत्र २ गते । जुम्लामा फेरी हिमपात भएको छ । चैत्र महिनामा पनि हिउँ परेपछि स्थानीय अचम्मित भएका छन् । हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । यस पटक भने लगातार दुई दिन परेको पानी पछि हिउँ परेको छ । हिउँपरेपछि चिसोले खानेपानीको धारामा समेत पानी जमेर आईरहेको छैन भने यातायात प्रभावित भएको छ ।
विशेषगरी हवाई यातायात तीनदिन देखि ठप्प भएको नागरिक उड्यन प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ । हवाई सेवा वन्द हुदा उडान हुन नसकेको नागरिक उड्यनन प्राधिकरण महेन्द्र सिंहले जानकारी दिनुभयो । करिब ५ महिना देखी लगातार पानी र हिउँको चिसोले समस्या पारेको छ । चिसोले रुघाखोकीका विरामीहरु बढ्दै आएका छन् । अस्पतालमा समेत बिरामी बढेका स्वास्थ्य संस्थाहरुले बताउदै आएका छन् ।
चिसोले विकास निर्माणका काममा समेत प्रभावित भईरहेको छ । पानीको धारामा तातोपानी हाल्दा पनी पानी नआएको स्थानीय शुलोचना हितानले जानकारी दिनुभयो । जुम्लाको तापक्रम शनिवार रेर्कड गरिए अनुसार माईनस माईनस २.६ डिग्री रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ ।