यलु जोशी
काठमाडौं, चैत १७ गते । भक्तपुर लोकन्थली निवासी गृहिणी कृष्णमाया हेकाका श्रीमान क्याम्पस पढाउनु हुन्छ, विहानै घरबाटै निक्सनु र बेलुका अबेर घर पुग्नु उहाँको दैनिकी थियो । विहानदेखि कलेज र कक्षा चहार्दै लखतरना भएर घर फर्कँदा उहाँहरुबीच खुलेर घरायसी विषयमा छलफल गर्ने मौका मिलेको थिएन ।
दुई सान्तान छन् व्यस्त दैनिकीले उनीहरूसँग निकट रहन खेल्ने र रमाउने मौका पनि कमै थियो । शनिवारको एक दिन पनि कतै सामाजिक भेटघाट कतै मिटिङ बालबालिका सँग समय बिताउने अबस्था नै थिएन तर अहिलेको एकान्त बास (लक डाउन)ले उहाँहरूको परिवारमा नयाँ अबसर दिएको छ । छोरा छोरीसँग खेल्ने अबसर मिलेको छ । उहाँहरुबीच क्यापसमा हुने समस्या साथै घरायसी गतिविधिहरु हुन्छ भनेर हामी सल्लाह पनि गरिरहेका छांै ।
हेका मात्र होइन बैङकमा कार्यरत सुनिल अमात्य पनि आफ्नो श्रीमाती र छोरासँग समय विताउन पाएकोमा दङ्ग हुनुहुन्छ । यो अवधिभर धेरै नयाँ कुरा सिक्ने मौका पाइयो उहाँ भन्नुहुन्छ, पढाइ र काममा यति ब्यस्त भइयो कि घरमा परिवारसँग खाना, खाजा बनाउने पनि रमाइलो हुने रहेछ ।
अहिलेसम्म तातो पानी समेत नतताएको मैले आज खाना पकाउन जानेको उपब्धि नै मान्नुपर्छ अमात्यले थप्नुभयो ।
एकान्त बास (लकडाउन) को अवधिमा धेरैले नयाँ काम सिक्ने र सिकाउने मौका प्राप्त हुनुको साथै परिवारलाई बुझ्ने मौका पनि रहेको मनोविश्लेषक बासु आचार्यले बताउनुभयो ।
जीवनलाई पहिलो स्वस्थता चाहिने भएकाले ‘हेल्थ इज वेल्थ’मा उहाँको बढी जोड छ । उहाँ भन्नुहुन्छ ‘ हामी पहिला आफू बाँचे पो अरुलाई बचाउने त । आफै कोरोनाले ग्रस्त भइयो भने त अरुलाई पनि सार्न के बेर ? उहाँ भन्नुहुन्छ सेल्फ क्वारेनटाइनमा बसौं । जीवनलाई बचाऔं’। शहरका मानिसहरु क्वारेन्टाइनमा बसे पनि गाउँका मानिसहरु उल्टै सबैजना एकै ठाउँमा भेला भइरहेकाले तत्काल सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नु पर्ने उहाँको सुझाव छ ।
लक डाउनका बेला कोही छोरा छोरी समय विताउदै छन् भने कोही करेसा बारीमा तरकारी उर्मान ब्यस्त छन् भने कोही मिठो मिठो खाना पकाउन ब्यस्त रहेको समाजिक सञ्जालमा पोस्ट गरिरहेका तस्बिरले पनि प्रष्ट पार्छ ।
गृहिण मात्र होइन कलाकार पनि घरको काममा नै ब्यस्त हुनुहुन्छ पेशाले नेपालकै सुमधुर स्वरकी धनी गायिका अन्जु पन्त पनि यो समयमा करेसाबारीमा ब्यस्त भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, मलाई धनियाँ टिप्न एकदमै मन पर्छ । बारीमा लहँलहाउँदो साग, हरियो धनिया, फलफूललाई नजिकबाट नियाल्ने मौका पाएको जानकारी दिनुभयो ।
बारीमा काम गर्न असाध्यै मनपर्छ पन्त थप्नुहुन्छ, ‘सरकारले घोषणा गरेको ‘लकडाउन’ले मलाई त घर परिवारसँग रम्न अवसर दिएको जस्तो भयो भन्ने अनुभूति भइरहेको छ ।’
कृषि र घरपरिवार बिना मानिसको जीवन सम्भव छैन भन्ने उहाँको बुझाइ छ । त्यसैले उहाँ भन्नुहुन्छ, ‘अहिले फुर्सद पाएकी छु ।’ आफ्नो दैनिकीलाई घरपरिवारमाझ बिताउन पाउँदा निक्कै हर्षित भएकी छु । बारीमा मक्कै गोड्नु छ । पछि त फेरि उही हो, बिहान ७ बजे हिँडेदेखि बेलुका घर आउँदा ७ बज्छ ।’ छोरी र आमा अनि म मिलेर करेसाबारीको काममा लागिरहेका छौ ।’
यस्तै संगीतकार जुगल डंगोलले कोरोना भाइरसको कारण दुई हप्ताको लागि रेकर्डिङको मिति सार्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेकर्डिङको लागि मिति तय भएको पनि दुई हप्ताको लागि सार्नु र्परयो।’
उहाँ अहिले घरमै बसेर इथ्नो म्युजिकको किताबबारे अध्ययन गरिरहनुभएको छ । यसका साथै हार्मोनियममा नयाँ गीतको कम्पोजिशन पनि गरिरहनुभएको छ । डंगोल भन्नुहुन्छ, ‘लकडाउनले असर गरे पनि मलाई भने खोजमुलक अनुसन्धान र नयाँ गीतको संगीत कम्पोज गर्न सजिलो भएको छ ।