रामपुर चैत २४ गते । पाल्पाको रामपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापनका लागि स्थापना गरेको विपद् प्रकोप व्यवस्थापन कोषमा रकम सङ्कलन शुरु भएको छ ।
कोषमा स्थानीय अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाले रु एक लाख सहयोग गरेको छ । सो कोषमा अहिलेसम्म रु। १ लाख ८२ हजार ३ सय ९० रकम सङ्कलन भएको छ । दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि नगरपालिकाले राहत कोष स्थापना गरेको हो ।
सो सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले आफूहरुले रामपुर नगरपालिकालाई रु १ लाख, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई रु ५०÷५० हजार रकम राहतस्वरुप सहयोग गरेको बताउनुभयो ।
यस्तै एकीकृत मगर उत्थान समाज रामपुरले राहत स्वरुप रु ८२ हजार ३ सय ९० रकम सहयोग गरेको समाजका अध्यक्ष रामबहादुर हिस्की मगर बताउनुभयो ।