logo
२०८१ मंसिर ११ मंगलवार



कोसी तटबन्धमा एक व्यक्तिको शव फेला, हत्याको आंशका

समाज |


कोसी तटबन्धमा एक व्यक्तिको शव फेला, हत्याको आंशका


धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख १ गते । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नं. १ पूर्व कोसीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक व्यक्तिको शव भेटिएको छ । शबको प्रकृति अनुसार कसैले हत्या गरिएको हुन सकिने अनुमान गरिएको छ ।

तत्काल पहिचान खुल्न नसकेको शवको प्रकृतिले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको जनाएको छ । युवकको मुखमा चोट देखिएकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

शब फेला परेको स्थल तटबन्धमा रगतका छिटा समेत देखिएकोले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरबाट अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?