logo
२०८१ मंसिर ११ मंगलवार



कैदीबन्दीद्वारा राहत कोषमा सहयोग

समाज |


कैदीबन्दीद्वारा राहत कोषमा सहयोग


दिलबहादुर सिंह

डोटी, बैशाख ३ गते । जिल्ला कारागार डोटीका कैदीबन्दीहरुले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम प्रदान गरेका छन् ।

जिल्ला कारागार डोटीमा बिभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ४९ जना कैदीहरुले आफुले पाएको सेवा सुविधाबाट १० हजार ९५ रुपियाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषको खातामा रकम जम्मा गरेका हुन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल मार्फत सो रकम खातामा जम्मा गरिएको हो । डोटी जिल्ला कारागारमा रहेका ४९ जना कैदीहरुले एक दिन पाउने सुविधा ६० रुपियाँका दरले २ हजार ९ सय ४० रुपैया यसमा कैदीहरुको थप स्वऐच्छिक ५ हजार ५०० गरि जम्मा १० हजार ९५ रुपैया सहयोग गरेका हुन् ।

सो रकम कोरोना भाइरस कोभिड १९ को प्रभावमा परेका विपन्न परिवारलाई दैनिक छाक टार्न सहयोग हुने उद्देश्यले आफुहरुले सहयोग गरेको जिल्ला कारागारका डोटीका प्रमुख चौकीदार दिपेन्द्र जेठाराले बताउनुभयो ।
कैदीहरुले सहयोग गरेको रकम बुझ्नु हुदै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले संसारमा कोरोना भाइरस सँक्रमणको महामारी भईरहेको अवस्थामा कैदीबन्दीहरुले प्रदान गरेको रकमले सरकारलाई सहयोग पुगेको बताउनुभयो ।

२५ जना कैदीको लागि क्षमता भएको जिल्ला कारागार डोटीमा ४६ जना पुरुष र ३ जना महिला गरी ४९ जना कैदीबन्दीहरु रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?