logo
२०८१ मंसिर ११ मंगलवार



हातहातमै सामाजिक सुरक्षा भत्ता

समाज |


हातहातमै सामाजिक सुरक्षा भत्ता


राजविराज, वैशाख १२ गते । लकडाउनमा समाजिक दूरी कायम गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नगरपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर दिने गरेको छ ।
हनुमाननगर कंकालिनी १ देखि १४ वडासम्मका टोलटोका घरघरमै पुगेर हातहातमा नै भत्ता वितरण गरिएको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताउनुभयो ।
स्थानीय तहलाई स्वास्थ्य सामग्री
गैरसरकारी संस्थाको समन्वयमा सप्तरीका तीन स्थानीय तहलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सप्तरीसँग सीमा जोडिएका प्रदेश नं १ को उदयपुरमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी राजगढ र विष्णुपुर गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
वेल्टहङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा संस्थाका प्रतिनिधिले सामूहिक रुपमा ती स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्रण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?