logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनको मौका छोपी लागुऔषध ओसारपसार गर्ने एकजना पक्राउ

समाज |


लकडाउनको मौका छोपी लागुऔषध ओसारपसार गर्ने एकजना पक्राउ


जलेश्वर, बैशाख २३ गते । लकडाउनको बेला पनि भारतबाट नेपाल लागुऔषध ल्याई कारोबार गर्ने एकजनालाई महोत्तरी प्रहरीले प्रदेश प्रहरीको सहयोगमा पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रदेश प्रहरीबाट खटेको विशेष टोलीले सुचनाको आधारमा लागुऔषधको कारोबार गर्ने जलेश्वर नगरपालिका वडानं. ४ मसुरपट्टीबाट लागुऔषध कारोबार गर्ने सोही ठाउँ निवासी ३२ वर्षिय दिपेश कुमार पाण्डेयलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पाण्डेयलाई सार्वजनिक गर्नुहुदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले लामो समयदेखि लागुऔषधको कारोबारमा संलग्न रहेको सुचनाको आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध एसिपोन लेखिएको १०० एमएलको बोतल ५० थान, स्पास्मो ६ पातामा १४४ पिस, नाइट्रोभेट १० लेखेको २० पातामा ३०० पिस टयाबलेट वरामद गरेको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।

लकडाउनको अवसरमा सिमाक्षेत्र पूर्ण रुपमा बन्द गरिएपनि उनी चोरी निकासी गर्दै ल्याउने गरेको भन्दै प्रहरी उपरिक्षक अधिकारीले भन्नुभयो, ‘हामी अनुसन्धान गरिरहेका छौं, उनको समुहमा भएकाहरुको पनि खोजतलाश गरिरहेका छौं ।’ उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?