logo
२०८१ मंसिर १२ बुधवार



बाँकेबर्दियाका किसानले भित्र्याए गहुँबाली

समाज |


बाँकेबर्दियाका किसानले भित्र्याए गहुँबाली


नेपालगञ्ज, वैशाख २४ गते । बन्दाबन्दीकै बीचमा बाँके र बर्दियाका किसानले गहुँबाली भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार यस वर्ष बाँकेमा दुई हजार १७६ र बर्दियामा एक हजार ९३६ हेक्टरमा गहुँखेती गरिएको थियो ।
यस वर्ष बाँकेमा ६ हजार ५२८ र बर्दियामा ६ हजार मेट्रिकटन गहुँ उत्पादन भएको प्रारम्भिक आकंलन गरिएको ढकालले जानकारी दिनुभयो । हिउँदमा बढी पानी परेकाले यी दुई जिल्लामा गहुँको उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ ।
बन्दाबन्दीमा जसोतसो गहुँबाली भित्र्याएका किसान बिक्रीवितरणमा सहजता नहुँदा समस्यामा परेको बर्दिया राजापुरका किसान पहाडी चौधरीले बताउनुभयो । यस वर्ष सरकारले गहुँको समर्थन मूल्य रु तीन हजार १५ तोकेको छ । कतिपय व्यापारीले त्यसभन्दा कम मूल्यमा गहुँ खरीद गरिरहेको किसानको गुनासो छ । लकडाउनले गर्दा सबै व्यापारीले गहुँ खरीद गर्न पनि नसकेको जनाइएको छ । केही व्यापारीले मात्रै गहुँ खरीद गर्दा मूल्यमा मनोमानी भएको किसानको गुनासो छ । अहिले गहँु भित्र्याएका किसान धान लगाउने तयारीमा छन् । लकडाउनले गर्दा धान खेतीका लागि आवश्यक तयारी गर्न समस्या हुने हो कि भनेर किसान केही चिन्तित देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?