logo
२०८१ मंसिर १२ बुधवार



लगातारको वर्षाको कारण गहुँ भित्राउन समस्या

समाज |


लगातारको वर्षाको कारण गहुँ भित्राउन समस्या


डिलबहादुर सिंह

डोटी, वैशाख २५ गते । दुइ हप्ता भन्दा लामो समयसम्म भएको लगातारको वर्षाको कारण किसानलाइ गहुँ बालि भित्राउनमा समस्या भएको छ । जिल्लाका गर्मि हुने ठाउँमा गहुँ भिाउने काम सकिएको भए पनि लेकाली भेगमा गहुँ भित्राउन समस्या भएको छ । डोटी जिल्लाको लेकाली भेगमा वैशाख तेस्रो हप्ता देखि जेठको दोस्रो हप्ता सम्ममा गहुँ भित्राउने काम गरिन्छ ।

लगातारको वर्षाको कारण गहुँबाली भित्राउनमा समस्या भएको छ । डोटीको पुर्वीचौकी गाउँपालिका –२ बगलेगका रामबहादुर ठकुल्लाका अनुसार कतिपय लगातारको बर्षा नरोकिए पछि पाकिसकेको गहुँबाली बारीमा नै कुहिन थालेको छ । ठकुल्लाले भन्नुभयो,–‘कति गहुँ त असिनाले लगेर गयो, रहेको गहुँ पनि पानि नथाक्दा बारीमा नै कुहिने अवस्थामा पुगेको छ ।’

बैशाख र जेठ महिनामा यस क्षेत्रमा किसानहरु गहुँ भित्राउन र धानको बिउ राख्न ब्यस्त हुने गर्दछन् । बैशाख जेठमा गहुँ काटिसकेको खेतबारीमा असार साउनमा धान रोप्ने गरिन्छ । यस बर्ष हिउदमा समेत पर्याप्त पानि परेका कारण गहुँ बाली राम्रै भएको थियो । कति पय स्थानमा परेको अत्याधिक असिनाका कारण पनि पाक्नै लागेको गहुँ बालिमा क्षती पुर्याएको छ । डोटीको सायल गाउँपालिका –१ छपालीका स्थानीय करन देउवाले भन्नुभयो,– ‘वैशाखको पहिलो हप्तामा परेको अत्याधिक असिना पानिका कारण गहुँबाली नस्ट भयो, अलि अलि रहेको पनि भित्राउन सकिएको छैन । धानको बिउ राख्न समेत समस्या भएको छ ।’

गाउँघरमा किसान माझमा पनि कोरोना भाइरस सँक्रमणको डर छ । किसानले सचेतताका साथ काम गर्नु पर्ने अवस्था छ । निर्धक्क साथ किसानले काम गर्न नपाइरहेको अवस्थामा लगातारको बर्षाले थप समस्या उत्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?