logo
२०८१ मंसिर १२ बुधवार



बन्दाबन्दीको मतलब नगरी मलकालागि किसान घण्टौ लाईन

समाज |


बन्दाबन्दीको मतलब नगरी मलकालागि किसान घण्टौ लाईन


चाँदनी आचार्य
लम्की वैशाख २६ गते । बर्षा मौसम सुरु भएसँगै नेपालीहरु खेतीपातीमै व्यस्त रहन्छन् । तर खेतीपातीका लागि अग्रसर किसान बन्दाबन्दीकाकारण मल बीउ पाउदैनकी भन्ने चिन्तामा परेकाछन् । शुक्रबार घोडाघोडी नगरपालिकामा १ सुखडमा रहेको नकरोड बहुउद्देश्यीय सहकारीमा रासायनीक मल लिन पुगेको संख्या हेर्दा पछि मल नपाइएला भन्ने चिन्ताले सबै किसान उर्लेको भिड देखिन्थ्यो । बन्दाबन्दीमा सहकारीमा आएको तीनसय बोरी मल त्यसमापनि युरिया र डिएपी मिलाएर दिदा एकसय पचास जनालाईमात्र पुग्ने थियो तर एकहजार बढीको भिड किसानको थियो । कोरोनाको संक्रमणबाट जोगिन सरकारले लगाएको बन्दाबन्दीलाई वास्ता नगरी भिडभाड गर्नुभने किसानको रहर नभई बाध्यता थियो ।

विहानै पाँचबजे देखीनै लाईनमा बसेका किसानको संख्या देखेर सहकारीलाई समेत मल वितरण गर्न समस्या भयो । सामाजिक दुरीको समेत प्रभाह नगरी मल लिन बसेका किसानले जहिले सुकै खेतीलगाउने समयमा यस्तै सास्ती भोग्नु परेको बताए । घोडाघोडी नगरपालिका ३ जुरपानिका बिना थापा विहानैदेखि मलको लाईनमा ५ घण्टा बसेपनि मल नपाएर घर फर्किएको बताउनुभयो । बिनामात्र होईन लाईनमा बसेका सयौ मल अभाव भएपछि रित्तो हात घरफर्केका छन् ।

बन्दाबन्दी लम्बिदै गएसंगै मल नपाइएलाकी भन्ने चिन्ता किसानलाई भएकोछ । मल लिन लाईनमै बसेका घोडाघोडी नगरपालिका ४ का रामफल चौधरीले लामो बन्दाबन्दीले मल नपाउलाकी भन्ने चिन्ता परेको बताउनुभयो । उहाँले गतबर्ष गरिमा धानले धोका दिएको सम्झना गर्दै सरकारले किसानलाई खेती लगाउने समयमै मल विउ उपलब्ध गराउन सके अफूजस्ता किसानलाई खेती उत्पादनमा सहज हुने बताउनुभयो ।

सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले रासायनिक मलको अत्याधिक माग भएपनि आपूर्ति कम भएकाले किसानको मागलाई एकैचोटी पुरागर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो सहकारीमार्फत वितरणगर्ने मल साल्टट्रेडिङ कर्पोरेसनबाट आउने भएकाले माग अनुसार मल नपाइएको बताउनुभयो । घोडाघोडी नगरपालिकामा साल्ट टे«ेडिङ कर्पोरेसन र कृषी सामाग्रीबाट रासायनिक मल बेच्ने ७,८ ठाउँमा डिपो भएपनि किसानले सहजै मल पाउन सकेकाछैनन् । घोडाघोडी नगरपालिका कृषीशाखाका प्रमुख जनक धामीले किसानलाई मल समयमा पुर्याउन सम्बन्धित निकायमा पहलगरिएको भएपनि बन्दाबन्दीका कारण केहि असहज हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?