गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १३ गते । नेपाली काँग्रेस अछामका युवा नेता राजेन्द्र शाहले बयालगण अस्पताल अछामलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न एक लाख रुपियाँ सहयोग प्रदान गर्नु भएको छ ।
नेता शाहले यसअघि अस्पताललाई पिपिई, माक्स, पन्जा, सेनिटाइजर र थर्मगन लगायतका उपकरणहरू प्रदान गर्नुभएको थियो । राजनीतिका अतिरिक्त काठमाडौँमा व्यवसाय गर्दै आउनुभएका शाहले अछाममा कोरोनाको जोखिम बढ्दै गएपछि थप सहयोग गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ, अछाम शाखालाई स्वास्थ्य सामग्री खरिदका लागि २५ हजार, जिल्ला प्रहरी कार्यालय, अछामलाई दुई लाख रुपियाँ र सशस्त्र प्रहरी गण, अछामलाई दुई लाख रुपियाँ गरी चार लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ ।