logo
२०८१ मंसिर १२ बुधवार



रातो मच्छिन्द्रनाथको रथ निर्माण शुरु

समाज |


रातो मच्छिन्द्रनाथको रथ निर्माण शुरु


यलु जोशी
काठमाडौँ, असार १० गते । कोरोना भाइरस सङ्क्रमण तथा बनदाबन्दीको कारण रोकिएको पाटनको रातो मछिन्द्रनाथको रथ निर्माण बुधबारदेखि सुरु भएको छ । बन्दाबन्दीको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा सञ्चालन गर्ने जनाएको थियो । तर यसअघि पनि जात्राका क्रममा गरिनुपर्ने सबै संस्कारहरू भने गरिँदैआएको थियो ।
रथ निर्माण नभएको कारण पाटनको तःबहामा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीँकै फल्चामा राखिएको थियो । तःबहास्थित मन्दिरबाट बुङ्गद्यःलाई वैशाख १२ गते पुल्चोकमा पुर्याएर रथमा राखिनुपर्ने थियो । त्यसपछि रथयात्रा सुरु हुन्थ्यो ।
दुई महिनायतादेखि बुङ्गद्यः रहेकै स्थानमा बस्दैआउनुभएको पानेजु (पुजारी) पूर्णराज शाक्य ढिला भएपनि रथयात्रा हुने विश्वास व्यक्त गर्दे भन्नुभयो, 'आजदेखि रथ निर्माण सुरु भएको छ । अब रथयात्रा हुन्छ ।' 
उहाँका अनुसार ढिलै भए पनि यो जात्रा हुन्छ । हालसम्म जस्तो परिस्थितिमा पनि रथयात्रा रोकिएको छैन । 'छ महिना ढिला भएपनि जात्रा गर्नुपर्छ । वैशाखमा जात्रा गर्नुपर्ने जात्रा छ महिनापछि जात्रा गरेको पनि इतिहास छ ।' उहाँले भन्नुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?