logo
२०८१ मंसिर १३ बिहीवार



लकडाउनबीच बन्दै रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

समाज |


लकडाउनबीच बन्दै रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)
तस्बिरः सुजन गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २० गते । नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने रातो मछिन्द्रनाथको रथयात्रा पर्वका लागि रथ निर्माण कार्य शुरु गरिएको छ ।
असार १० गतेबाट ललितलपुरको पुल्चोकमा रथ निर्माण कार्य शुरु गरिएको हो । कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा पारेको प्रभाव र नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउनका कारण स्थगित भएको रातो मछिन्द्रनाथको रथ जात्रा यस वर्ष हुने वा नहुने भन्नेमा अन्योल भएको अवस्थामा ललितपुर महानगरपालिका, जात्रासँग सम्बन्धित विभिन्न संघसँस्था तथा सरोकारवालाहरूसँगको छलफलबाट रथ निर्माण गर्ने विषयको टुङ्गो लागेसँगै रथ निर्माणको काम अगाडि बढेको हो ।
अहिले रथ निर्माणको कार्य निरन्तर रुपमा चलिरहेको छ । जसअन्तर्गत रथमा खटहरू राखी बेत तथा डोरीले बाँध्ने काम भइरहेको छ । रथको पाङ्ग्रा राख्ने काम सकिएको छ ।

रथ निर्माण भएसँग मछिन्द्रनाथ रथ यात्रा हुने निश्चित भएको छ, तर कोरोनाको सङ्क्रमण कायम रहेको अवस्थामा सतर्कता अपनाएर रथयात्रा गर्ने पक्षमा सरोकारवालाहरू रहेका छन् ।

तस्बिरः सुजन गुरुङ

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?