logo
२०८१ मंसिर १४ शुक्रवार



बागलुङका दुई वडाध्यक्ष कोरोना सङ्क्रमणमुक्त

समाज |


बागलुङका दुई वडाध्यक्ष कोरोना सङ्क्रमणमुक्त


नवीन शिशिर विक

बागलुङ, साउन ३१ गते । बागलुङमा पहिलो पटक साउन ३१ गते दुई जना जनप्रतिनिधि जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गाना र बडिगाड गाउँपालिका–६ का वडाध्यक्ष मौषम काजी क्षेत्रीलाई कोरोना पहिचान भयो ।
दुवै जना जनप्रतिनिधिलाई सोही दिन धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरियो । दुवै जनालाई अस्पताल भर्ना गरेपछि दुवै जनाको सम्पर्कमा रहेकाहरूको खोजी गरी स्वास्थ्य परीक्षण गर्न गर्दा बडिगाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरुङलाई सङ्क्रमण देखियो ।’

तीनै जना जनप्रतिनिधिको धौलागिरी अस्पतालमा उपचार सुरु गरिएको थियो । तीन जनामध्ये दुई वडाध्यक्ष मङ्गलबार कोरोनामुक्त भएर घर फर्कनुभएकाे छ भने समन्वय प्रमुखको अन्तिम पटकको स्वास्थ्य परीक्षण रिपाेर्ट पनि पोजिटिभ आएपछि आइसोलसन बसाइ लम्बिएको छ ।

मङ्रगलबार दुई वडाध्यक्षसहित छ जना निको भएका थिए । निको हुनेमा बानपा–३ का छ वर्षीय बालक, जैमिनी नगरपालिकाका एक पुरुष, बानपा–३ का एक किशोर, भारतबाट आएका एक मजुदर रहेका छन् । बागलुङमा पछिल्लो तीन सातायता कोरोना निको हुन धेरै समय लाग्ने गरेको छ ।

धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर शैलेन्द्र विकका अनुसार लक्षणसहितका सङ्क्रमित पहिचान भएको हुँदा कोरोनामुक्त हुन समय लाग्ने गरेको हो । यसअघि भारत तथा अन्य मुलुकबाट आएर पहिचान भएका ५९ प्रतिशत सङ्क्रमितले न्यूनतम आठ दिनदेखि अधिकतम दुई हप्तामा निको भएर घर फर्केका थिए ।

समुदायस्तरमा पहिचान भएका अधिकांश सङ्क्रमितलाई निको हुन तीन हप्ता बढी लाग्ने गरेको डाक्टर पोख्रेलको भनाइ छ । बागलुङमा हालसम्म २९३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अस्पताल बसइ लम्बिएपछि समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले आत्मनियन्त्रणका विधि अपनाएर दिन काट्न थाल्नुभएको छ । ‘आइसोलेन बसाइ लम्बिएपछि दिने काट्न योग, ध्यान, शारीरिक व्यायाम र अध्ययनमा बढी जोड दिएको छु उहाँले भन्नुभयो, ‘परिस्थितिलाई आफू अनुकूल परिवर्तन गर्नुपर्छे रहेछ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?