logo
२०८१ मंसिर १४ शुक्रवार



जुम्लामा कोरोना सङ्क्रमितलाई योग अभ्यास

समाज |


जुम्लामा कोरोना सङ्क्रमितलाई योग अभ्यास


नेत्र शाही

जुम्ला, भदौ २२ गते । जुम्लामा आइसोलेसनमा रहेका सङ्क्रमितलाई योग अभ्यास गराउन थालिएको छ । आयुर्वेद शाखा जुम्लाले उनीहरूको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यका साथ योग शिविर गरेर योग अभ्यास गराउँदै आएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका निर्माण व्यवसायी सङ्घको हलमा तयार गरिएको आइसोलेसनमा बिहान याेगभ्यास गर्न थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद डाक्टर प्रतिभा शमाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रोगप्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने भन्दै याेग अभ्यास आवश्यक रहेको र सङ्क्रमितले निकै रुची राखेर काम गर्न थालेको जानकारी दिनुभयो । यसका साथै आइसोलेसनमा सङ्क्रमितलाई आयुर्वेदिक औषधिसमेत वितरण हुँदैआएको छ । तीन दिनदेखि चन्दननाथ नगरपालिकामा निर्माण व्यवसायी सङ्घको हलमा तयार पारिएको आईसोलेसनका २७ जना सङ्क्रमितलाई बिहान ६ बजेदेखि याेग अभ्यास गरिँदैआएको छ । उक्त स्थानमा सङ्क्रमितहरूले याेग निकै उत्तम भएकाले निरन्तरता गर्न आवश्यक रहेको बताएका छन् ।
यसैगरी जिल्लाको हिमा गाउँपालिकाको कालिका मा. वि बुअमा रहेको आइसोलेसनमा समेत टोली गएर योग शिविरसँगै आयुर्वेदिक औषधि वितरण गरेर फर्किएको डा. शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना शुरुवातदेखि विभिन्न समयमा क्वारेन्टीनहरुमा गएर याेग सिकाउँदै आउने काम भएपनि अहिले सङ्क्रमितलाई समेत याेग सिकाइएको छ । याेगले आजभोली राम्रो बनाएको भन्दै यसलाई निरन्तरता गर्न आवश्यक रहेको एक जना सङ्क्रमितले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?