logo
२०८१ मंसिर १४ शुक्रवार



बाघको छाला र सालकको खपटासहित एक पक्राउ

समाज |


बाघको छाला र सालकको खपटासहित एक पक्राउ


चन्द्रप्रकाश शर्मा

पोखरा, असोज ७ गते । कास्की प्रहरीले बन्यजन्तुको आखेटोपहारको अवैध ओसारपसार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न बन्यजन्तुको आखेटोपहार बोकेर सिसुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार मोटरसाइकलको पछाडी जेब्रा झोलामा राखिएका आठ फिट लम्बाई र तीन फिट चौडाईको बाघको छाला एक थान, दुई फिट पाँच इन्च लम्बाई, ११ इन्च चौडाई भएको सालकको खपटा एक थान र तीन किलो ७५० ग्राम विभिन्न बन्यजन्तुका हाड, खुट्टा तथा पंजासहित लामिछानेलाई पक्राउ गरिएको थियो ।

प्रहरीलाई आखेटोपहार अवैध रुपमा ओसारपसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिसुबाट खटिएको प्रहरी टोलीले लामिछानेलाई पक्राउ गरेको थियो । अनलाइन सेवामा काम गर्ने बताइएका लामिछानेलाई पक्राउ गरी थप कारवाहीका लागि डिभिजन वन कार्यालय कास्की पठाइएको हमालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?