logo
२०८१ बैशाख ३० आईतवार



तनहुँमा पोथी चितुवा पासोमा प-यो

समाज |


तनहुँमा पोथी चितुवा पासोमा प-यो


अमरराज नहर्की

तनहुँ, असोज ९ गते । तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा थापेको पासोमा पोथी चितुवा परेको छ । शारिरिक रुपमा अशक्त चितुवा शुक्रबार विहान पासोमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लले जानकारी दिनुभयो । बाख्रा सहित थापिएको काठले बनाईएको परम्परागत खोरमा शुक्रबार विहान बाख्रा लिन जाँदा चितुवा फेला परेको उहाँले जानकारी दिनुभयो ।

नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको कार्यालयले जनाएको छ । चितुवा पासोमा परेपछि स्थानीय खुसी भएका छन् । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १६ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको उहाँले जानकारी दिनुभयो । आठ वटा चितुवा ति पासोमा परिसकेका डिभिजन प्रमुख काफ्ले बताउनुहुन्छ ।

पासोमा परेको चितुवालाई डिभिजन कार्यालय, दमौलीमा ल्याई राखिएको छ । चितुवालाई कुन निकुञ्जमा पठाउने भन्ने बारेमा निर्णय भईनसकेको डिभिजन प्रमुख काफ्ले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?