logo
२०८१ बैशाख २४ सोमवार

  दृष्य समाचार  



दसैँ आयो व्यापार छैन्, सटर खोल्दा र बन्दगर्दा समय जान्छ

समाज |




शब्द मुकुन्द गैरे  /भिडियो, सागर/कबिता
काठमाडौं, असोज १७ गते । गत बर्षहरुमा तीजपछि दसैँको चहल पहल सुरु हुने गथ्र्यो । बजारमा नयाँ सामान किन्नेदेखि आफ्नो घर जानको लागि टिकट काट्नेको भीड हुन्थ्यो ।
तर यस वर्ष कोरोनाको कारण दसैँ शुरुहुन केहि दिन मात्र बाँकी रहेको अबस्थामा व्यापारमा मन्दी लागेको व्यावसायीले बताएका छन् ।
न्यूरोडमा कपडा व्यापार गर्दै आउनुभएका सन्तोश भट्टराई गतवर्षको तुल्नामा व्यापार एकदमै कम हुने गरेको बताउनुहुन्छ ।


पहिलो लकडउनमा घर गएका मानिस काठमाडौँ नफर्किएको र धेरैले रोजगारी गुमाएका कारणले पनि उतै राकिएको हुन सक्ने भएकोले मानिसहरुको चहल पहल नभएको व्यापारी भट्टराई बताउनुहुन्छ ।काठमाडौँको सडकमा मानिसहरुको चाप एक दमै कम रहेको उहाँ बताउनुहुन्छ ।

मानिस अब कोरोनाले भोलिका दिनमा के होला कसो होला भनेर मानसिक त्रासमा रहेकोले दसैँको लागि किन मेलमा खासै ध्यान नदिएको उहाँ बताउनुहुन्छ । उहाँ सँगै निजिकै फेन्सी पसल गर्ने एक महिला व्यापारीको भनाई पनि उस्तै छ । कोरोनाको प्रभाव व्यापारीमाथि परेको उहाँको दुःखेको छ ।

गत बर्षहरुमा यो समयमा दैनिक २० देखि ३० हजारको व्यापार हुने गरेकोमा अहिले व्यापार शून्य जस्तै भएको बताउनुहुन्छ ।यस्तै नयाँबानेश्वरमा फेन्शी व्यापार गर्दै आउनुभएका विशाल घिमिरेको पनि उस्तै दुःखेसो छ । कोरोनाको कारण लामो समय पसल बन्द भयो । अहिले दसैँमा व्यापार हुन्छ भन्ने आशा थियो तर सटर मात्र खोल्ने काम भएको बताउनुहुन्छ ।

दसैँमा केही व्यापार गरेर बाँकी तिर्नु पर्ने सटर भाडा तिर्ने सोच थियो त्यो पनि आसा हराउदैँ गएको घिमिरे बताउनुहुन्छ । यस्तै शान्तिनगरमा रङ्ग पसल गर्दै आउनु भएका मिलन दमासेको पनि भनाई एउटै छ । पहिला दसैँ आउनु भन्दा पहिलादेखि नै घरमा रङ्ग लगाउने घर राम्रो बनाउने भनेर पसलमा सामान किन्न आउनेको चहलपहल हुन्थ्यो, व्यापार राम्रो हुथ्यो, अहिले सुनसान जस्तै रहेको दमासे बताउनुुहुन्छ ।

एक त यो वर्ष मानिसमा पैसाको पनि अभाव छ भने अर्को तिर अत्यावश्यक सामानबाहेक विलासीका सामानमा पैसा खर्च नगरेको हुनसक्ने उहाँको अनुमान छ । दसैँ र तिहारको समयमा गत बर्षहरुमा आफनो पसलमा भिडभाड् हुने गरेकोमा अहिले सामान्य व्यापार हुने गरेको उहाँ बताउनुुहुन्छ । कोरोनाको कारण व्यापारमा प्रभाव परे सँगै पसलको भाडा समेत तिर्न समस्या हुने गरेको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप