logo
२०८१ मंसिर १५ शनिवार



कोरोनाको कहरमा पनि रोकिएन भेडाबाख्रा औल झार्न

समाज |


कोरोनाको कहरमा पनि रोकिएन भेडाबाख्रा औल झार्न


शेरबहादुर सार्की
बाजुरा कात्तिक २१ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायहरु यती बेलाको कोरोनाको कहरसँगै भेडाबाख्रा लिएर औलतिर झर्न थालेका छन् । हिउँद लागेपछि माथिल्लो क्षेत्रमा अत्यधिक चिसो बढ्ने र हिउँ परेपछि भेडाबाख्रालाई चरन टिपन गर्न निकै कठिन हुने भएकोले उनीहरु कोरोनाको कहरसँगै भेडाबाख्रा सँगै बालबालिका लिएर औलतिर झर्ने गरेका हुन् ।

औलमा तातो हुने हुँदा भेडाबाख्रा,चौरी,गाई घोडा पाल्न धेरै सहज हुन्छ, त्यसैले हिउँदका दुइ चार महिना औलतिर झर्न थालेको बूढीनन्दा नगरपालिका स्थानीय दल रोकायाले बताउनुभयो ।
कोल्टी,पाण्डुसैन तथा आसपासका स्थानमा भेडापालन गर्दै आएका भोटे समुदायहरु हिउँदमा भेडाबाख्रालाई चरन टिपनका लागि तल्लो क्षेत्रको बाह्रबिस, जयवाग्यश्वरी, काँडा र अछाम आसपासका स्थानमा बसाँइसराँइ गर्ने गर्दछ्न ।
उनीहरु सधै झै यो वर्षमा पनि आफ्ना भेडापाठा घोडा तथा चौरीगाइ र बालबालिकाहरुलाई समेत ल्याएर औल र्झन थालेका छन् ।
बाजुराको पाण्डुसैन, कोल्टी लगायतका आसपासमा हिउँदमा धेरै चिसो हुन्छ, हिउँ पर्छ, भेडाबाख्रालाई चरन टिपन गर्न निकै समस्या हुन्छ, त्यसैले भेडाबाख्रा पालन गर्नका लागि हामी हिउँदको महिनामा औल झर्ने गरेको स्थानीय बल रोकायाले बताउनुभयो ।
भेडाबाख्रा पालन पोषण गर्न अभिभावक औल झर्ने भएपछि छोरा छोरीको पढाइमा भने निकै असर हुने गरेको छ ।
घरमा बालबालिकाहरुको स्याहारसुसार गर्ने अन्य कोही नरहेपछि बालबालिकाहरु पनि विद्यालय पढ्न छोडेर हामीसँगै आउन बाध्य हुन्छन् बुढीनन्दा १० पाण्डुसैनका पर्मिला गुरुङ्गले बताउनुभयो ।
उहाँले भन्नुभयो, पहिला चामल नुन तेल लगायतका दैनिक उपभोग्यका सामान लिएर व्यापार गथ्र्यो,अहिले गाउँमा गाडी गुड्न थालेपछि त्यो पनि सम्भब छैन् ।
अहिले तल्लो क्षेत्रका अधिकाशं ठाउँका जङ्गल रोक्का गरी सामुदायिक वन बनाएपछि भेडाबाख्रालाई पालन पोषण गर्न त्याहाँ पनि निकै समस्या हुने गरेको गुरुङ्गले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?