logo
२०८१ मंसिर १३ बिहीवार



संस्कृत पढ्दै मुस्लिम र इसाई विद्यार्थी

समाज |


संस्कृत पढ्दै मुस्लिम र इसाई विद्यार्थी


अमरराज नहर्की
तनहुँ, माघ १२ गते । संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता राख्ने सोचाइ विस्तारै तोडिदै जान थालेको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मालम्बीका विद्यार्थीहरुले पनि रुचि राख्न थालेका छन् । तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा बाह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका ३५ जना विद्यार्थी संस्कृत  पढ्दै आइरहेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले जानकारी दिनुभयो । मुस्लिमका अतिरिक्त बुद्ध तथा इसाई धर्मालम्बी विद्यार्थीहरुको सङ्ख्या बढ्दै गइरहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार विद्यालयमा दुइ सय ८१ जना विद्यार्थी छन् । ९५ प्रतिशत दलित तथा जनजाती विद्यार्थी अध्ययन गर्ने गरेको प्रधानाध्यापक निरौलाले जानकारी दिनुभयो । ‘‘संस्कृत शिक्षा अध्ययन गर्नेले बेरोजगार बन्ने सम्भावना कम हुन्छ प्रधानाध्यापक निरौलाले भन्नुभयो, उच्च शिक्षाका शिक्षामा जुनसुकै क्षेत्रका प्रवेश गर्न पाइने, कर्मकाण्ड, पुराण वाचन तथा शिक्षण जस्ता क्षेत्रमा पर्याप्त अवसर पाइन्छ’’ । सस्कृत शिक्षा समयानुकूल आवश्यक छ भनेर बुझेर सबै धर्मावलम्बीको अध्ययनको लागि आएको उहाँले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृतको भाषा, व्याकरण, कर्मकाण्ड र आयुर्वेद विषयमा पढाइ हुन्छ । संस्कृत शिक्षाको महत्व समाजले बुभ्mदै आएकोले हिन्दुका अतिरिक्त अन्य धर्मालम्बीहरुको संस्कृत शिक्षाप्रति रुचि जागेकोले अध्ययन गर्नेको सङ्ख्या बढ्दै गईरहेको पूर्व प्रधानाध्यापक माधव खनाल बताउनुहुन्छ ।
बारा जिल्ला स्थायी घर भई हाल दमौलीमा बस्नुहुने कक्षा १० अध्ययन गर्ने मुस्लिम समुदायकी रुक्सान खातुन संस्कृत शिक्षा जीवनको लागि अपरिहार्य भन्ने ठानेर कक्षा १ देखि नै अध्ययन गरेको बताउनुभयो । भविष्यमा नर्स बन्ने सपना छ तर जीवनको लागि संस्कृत शिक्षा सिक्न पनि जरुरी छ भन्ने ठानेर पढेको हुँ’ रुक्सानले भन्नुभयो । संस्कृत भाषा सिक्नको लागि अप्ठ्रो नभएको रुक्सान बताउनुहुन्छ । ‘‘मेरो रुचि र चाहाना भएर होला संस्कृत  भाषा सिक्न कठिन भएन’’ रुक्सानले भन्नुभयो । भविष्यमा संस्कृत पढाउने शिक्षक बन्ने सपना भएकोले संस्कृत  पढेको कक्षा १० मै पढ्ने मुस्लिम समुदायका नाजिर मियाँ बताउनुहुन्छ । कक्षा ९ मा पढ्नु हुने रुस्तम मिया संस्कृत प्राचीन भाषा भएको र जीवन उपयोगी भएकोले संरक्षण गर्नुपर्छ भनेर अध्ययन गरेको बताउनुभयो । सहायक प्रधानाध्यापक विष्णुहरि भट्टराईले अन्य बाह्मण समुदायको विद्यार्थीभन्दा मुस्लिम समुदायका विद्यार्थीले संस्कृत पढ्नमा बढी रुचि देखाएको जानकारी दिनुभयो ।
संस्कृत शिक्षा भाषाको राजा भएकोले विकसित देशले सिको गर्न थालेकोले सिक्न जरुरी भन्ने बुभ्mनेहरु बढ्न थालेकाले सबैजाति, धर्मालम्बीहरु आकर्षित बन्न थालेको शिक्षक नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?