ओखलढुंगा समाचारदाता
ओखलढुंगा, माघ १९ गते । ओखलढुंगाको चिसंखुगढीमा ८० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको छ । ज्येष्ठ नागरिक जिल्ला संघ ओखलढुंगाले जाडोको समयमा जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरेको हो ।
ज्येष्ठ नागरिक जिल्ला संघ ओखलढुंगाले चिसो मौसम बढिरहेको समयलाई ख्याल गर्दै जाडो छल्नका लागि जिल्लाकोे चिसंखुगढी गाउपालिका–८ माम्खाका ७० वर्षमाथिका ८० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा कार्यालयको तथ्यांक अनुसार वडामा १२१ जना ज्येष्ठ नागरिक रहेको माम्खामा पहिलो चरणमा ८० जनालाई ज्याकेट प्रदान गरिएको र बाँकीलाई पनि केही दिनमा उपलब्ध गराउने ज्येष्ठ नागरिक जिल्ला संघका सदस्य तथा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य गोपालमान थापाले बताउनुभयो ।