क्षितिज सिवाकोटी/मनाेजरत्न शाही
सिन्धुपाल्चोक, फागुन १७ गते । ह्याेल्माे समुदायको महत्वपूर्ण चाड च्छेचु भव्यताका साथ मनाइएको छ । बौद्ध सम्वत अनुसार सोनाम ल्होसारको एकमहिनापछि यो चाड मनाउने परम्परा रहेको छ ।
बौद्ध गुरु पद्मसम्भव (गुरु रिम्पोछे)को जन्मजयन्तीको रुपमा मनाउने गरिएको पर्व सञ्चालन समितिका प्रतिनिधि दावा लामाले गोरखापत्र अनलाइनलाई बताउनुभयो । पद्मसम्भवले नेपालबाट बौद्ध धर्म चीनको स्वशासित क्षेत्र तिब्बतमा फैलाउँदै बौद्ध गुम्बा स्थापित गरिएको बताइन्छ । यस चाडमा त्यस क्षेत्रमा रहेको खराब तत्व (भूत प्रेत)लाई पन्छाउनको लागि पूजा गर्ने गरिएको लामाले जानकारी दिनुभयो ।