अमरराज नहर्की
तनहुँ, जेठ ६ गते । सामाजिक सञ्जालमा तस्विर हालेपछि तनहुँका एक व्यक्तिको ३१ वर्षपछि पारिवारिक मिलन भएको छ । फेसबुकमा राखेको तस्विरले पहिचान भएपछि पुनर्मिलन भएको हो ।
पहिचान भएपछि बन्दीपुर गाउँपालिका– ६ बाँगेका लोकबहादुर गुरुङ एकातीस वर्षपछि आफ्नो घर ल्याइएको छ । ११ वर्षको उमेरमा घरबाट हराएका गुरुङ ४२ वर्षका उनलाइ बुधबार बन्दीपुर गाउँपालिकाले आफ्नो घरमा पु-याइदिएको छ ।
काठमाण्डौ सडक छेउमामा बेवारिसे अवस्थामा गुरुङलाई भेटेपछि नामथर वतन सोध्दा तनहुँ घर बताएपछि समाजसेवी अनसुल लोहनीको सक्रियतामा गुरुङलाई गाउँपालिकाको जिम्मामा ल्याएर छाडिएको छ । काठमाडौबाट सामाजिक सञ्जाल फेसबुकमा गुरुङको फोटो राखी तनहुँसम्म पठाईदिन लोहनीले सहयोग गर्नुभएको थियो ।
अलपत्र परेका गुरुङलाई बन्दीपुुरका अमिर गुरुङको सहयोगमा बन्दीपुर गाउँपालिकामा समन्वय गरी घरमा लगेर छाडेको हो ।गुरुङलाइ जुस खुवाएर र नयाँ लुगा लगाएर स्वागत गर्दै दश दिन क्वारेन्टिनमा बस्न आग्रह गर्दै घरसम्म पु¥याउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले परिवारिक मिलन भएपछि गुरुङको परिवार आफन्तजन र छिमेकीमा खुसी छाएको जानकारी दिनुभयो । उपाध्यक्ष लगायतको कर्मचारी सहभागितामा गुरुङलाई पुनर्मिलन गराइएको थियो । गुरुङका दुई दाजु छन् भने बुबा आमाको निधन भैसकेको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताउनुभयो । घरपरिवारले उनको आसै मारिसकेका थिए वडाध्यक्ष गुरुङले भन्नुभयो ‘‘बेवारिसे अवस्थामा भेटिएपछि सामाजिक सञ्ञालमार्फत घरसम्म ल्याइदिएपछि घरपरिवार खुशी भएका छन्’’ ।