logo
२०८१ मंसिर १२ बुधवार



कोरोनाका कारण विधिमा मात्र सीमित उभौली साकेला

समाज |


कोरोनाका कारण विधिमा मात्र सीमित उभौली साकेला


विवेक राई,
भोजपुर, जेठ १२ गते । भोजपुरमा धुमधामका साथ मनाइने किरात समुदायको साँस्कृतिक महत्व बोकेको उभौली साकेला नाच यस वर्ष कोरोनाका कारण विधिमा मात्र सिमित वनेको छ ।
किरात समुदायको वहुलियता रहेको भोजपुर जिल्ला भरनै यतिवेला ढोल झ्याम्टाको संगितमा साकेला गीतले गुञ्जयमान हुने गाउँ बजार यतिवेला सुनसान छ । साकेलामा धुमधामका साथ नाचिने साकेला शिलि नाच र हेर्न गैर किरात समुदायका समेतको वाक्लो उपस्थिति हुने गरेकोमा यस पटक कोरोना संक्रमणका कारण वन्द भएको हो ।
साकेलामा भीडभाड तथा टाढा टाढाको मानिसहरुको जमघट हुने र जसको कारण संक्रमण फैलने भएकाले साकेला नाच वन्द गरिएको किरात राई यायोख्खा जिल्ला कार्य समिति भोजपुरका अध्यक्ष सिर्जना राईले जानकारी दिनुभयो ।
यो समयमा ज्यान भन्दा ठूलो अरु केहि ठुलो कुरा नभएकाले यस पटक धुमधामका साथ साकेला नमनाए पनि स्वास्थ्य मापदण्ड अपनाएर चुला तथा थानपूजा गर्न गराउन स्थानीय स्तरमा समेत जानकारी गराईएको वताउनुभयो ।
ढोल र झ्याम्टाको सूर तालमा किरात पोशाक लगाएर विभिनन शिलिहरुमा नाचिने साकेला गत वर्ष पनि कोरोना संक्रमणका कारण विधिमा मात्रै सिमित रहेको थियो ।
संक्रमणको समयमा संस्कार संस्कृति मात्र हैन सवै क्षेत्र डामाडोल भएको किरात यायोख्खा जिल्ला कार्य समिति भोजपुरका पूर्व अध्यक्ष तथा संस्कृतिविद् पाविहाङ राईले वताउनुभयो । यतिवेला संक्रमणदेखि वाच्नुनै ठूलो कुरा भए पनि अघिल्लो पुस्ता र पछिल्लो आउदो पुस्ता बीचको ग्यापका कारण शिलि पुस्तान्तरणमा ठूलो क्षति हुनजान्छ । र सास्कृतिक क्षति परिपूर्तिका लागि यायोख्खाले चासो सगै नलेज वनाउनु पर्छ किरात समुदायले कुनै जमघट नगरी यस्तो अवस्थामा आ आफनो सुप्तुलुङ उठाउनुपर्ने पुर्व अध्यक्ष राईले वताउनुभयो ।

उभौली तथा उधौली पर्वको रूपमा रहेको किराँतीहरूको महत्वपूर्ण चाड साकेला वसन्त ऋतुमा वालीनाली राम्रो होस सबैमा सुख शान्ति सुस्वास्थ्य र दैवी प्रकोप तथा विपत्तिहरू नआउन भनि प्रकृतिको पूजाआजा गर्ने प्रचलन रहि आए तापनि गत वर्षबाट संक्रमणका कारण विधिमा मात्र सिमित वन्न पुगेको हो ।
लामो समय ज्ञाप रहँदा आफनो सँस्कार मान्न नपाउदा किरात समुदायमा नैरास्यता छाएको किरात सस्कृतिविद् कमलजङग राईले वताउनुभयो । उहाँले भन्नुभयो “ज्यान भन्दा ठूलो सँस्कार सँस्कृति हैन त्यसैले विधि पुरा गरांै तथापि यो लामो समयको ज्ञापले किरात समुदायमा नैरास्यता त ल्याएकोछ तथापि संक्रमणबाट सुरक्षित रहनु ठुलो कुरा छ यतिवेला, जुन यो ज्ञापले शिलि पुस्ता हस्ताण्तरण गर्ने हुदा पुराना पुस्ता नामेट हुदै जाने र नयाँ पुस्तामा जुन अर्थवोध गराउने शिलिहरुको अस्तित्व हराउदै जान्छ” ।
पृथ्वीमा कृषि युग शुरु भएदेखिनै प्रकृतिको पूजा आजा गर्ने प्रचलन शुरु भएको किरात संस्कारविदहरु वताउँछन्् । उभौलि तथा उधौलि साकेलामा किरात समुदाय आफ्नो जातीय पहिरनमा तथा गरगहनामा सजिएर हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर साकेला सिली नाचिने गर्दछ भोजपुर सगै छिमेकी जिल्ला खोटाङ, संखुवासभा धनकुटा, उदयपुर लगायतका जिल्लामा साकेला शिलि नाचिने गर्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?